१६ मंसिर २०८२, मंगलबार / 02 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अध्यादेशविरुद्ध षड्यन्त्र बढेको भन्दै विप्लव नेकपा आन्दोलित, देशब्यापी प्रदर्शनदेखि चक्काजामसम्मको घोषणा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     रुपन्देही, मङ्सिर २९ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकारबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानूनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्द्वको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    Ad
    Ad
    Ad

    पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु स्रोतका अनुसार नेकपाले पुस १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य शहरहरुमा अन्तरक्रिया, ४ गते साँझ मसाल जुलुस र ५ गते बिहान १०–११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाल कम्युनिस्ट पार्टीले २० महिनाअघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपा माथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ताहरुको बिना सर्त रिहाइ गर्ने र उनीहरुमाथि राजनीतिक आस्थाका आधारमा लगाईएका मुद्धाहरु खारेज गर्ने सहमति भए पनि तर कार्यान्यवनमा ढिलाई गरेको भन्दै ध्यानाकर्षण गराउने उद्देश्यले संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बताएका छन् ।

    तर, सरकारले पछिल्लो समय नेकपा माथिको प्रतिबन्ध फिर्ता लिए पनि अन्य दुईवटा मुद्धाहरुको सुनुवाई नभएको र हालसम्म पटक–पटक नेकपा र वर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकारसँग पनि विभिन्न माध्यमबाट छलफल भए पनि निकास नपाइएका बेला वर्तमान सरकारले ढिलै भए पनि ३ बुँदे सहमतिलाई समेट्ने गरी ल्याउन लागेको अध्यादेशलाई ब्रेक गर्न केही तत्वहरुको सक्रियता बढेको र मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्नेकार्यमा बाधा पुर्याउन खोजेकाहरुले अध्यादेश विरुद्ध षड्यन्त्र गर्दै, मुलुकमा पुनः द्वन्द्व, र अस्थिरता पैदा गरी देशमा बाह्य शक्तिको हस्तक्षेप बढाउने कदमप्रति नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रमहरु घोषण गरेको प्रवक्ता प्रकाण्ड सीले जनाएका छन् ।

    ताजा सूचना

    • अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते
    • लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत लागुऔषध जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • विद्यालय क्रिकेट कप 2082 बाल एकता र ग्रीन ल्यान्डको दमदार प्रदर्शन, फाइनलमा भिडन्त भोलि
    • पर्सा प्रहरीले ठूलो सफलता : लागूऔषध गाञ्जा १०४ केजी ३२५ ग्राम सहित दुईजना पक्राउ, सवारी साधन पनि बरामद
    • लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको बिरगंजमा ठूलो प्रदर्शन, नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.