२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँ सरकार गठनको बाटो खुला

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    काठमाडौं, मङ्सिर २९ गते । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।

    Ad
    Ad

    बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणामको विवरण बुझाउनुभएको हो ।

    Ad

    आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । यसअघि,  आयोगले बुधवार (हिजो) निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो ।

    निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी, एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १४ सिट, जनता समाजवादी पार्टी (जसपा)ले १२ सिट, नेकपा (एकीकृत समाजवादी) ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ सिट ल्याउन सफल भएका थिए । २७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रूपमा उदाएको छ भने नयाँ शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ ।

    निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभातर्फ पुरुष एक हजार ७७२ र महिला १८९ गरी जम्मा एक हजार ९६१ जनाको धरौटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष दुई हजार ८६, महिला २३७ र अन्य एक गरी जम्मा दुई हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ ।

    त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा एक सिट प्राप्त गरी सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये एक करोड चार लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव शून्य ६ प्रतिशत मत भने बदर भएको उहाँको भनाइ छ । त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको  र ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । प्रदेशतर्फ भने प्रत्यक्षतर्फ एक करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको र ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको बताइएको छ । प्रदेश सभाको समानुपातिकतर्फ एक करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा एक करोड तीन लाख छ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।

    निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै, प्रदेश सभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.