४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘जेन-जी’को आन्दोलनलाई बालेनसहित क-कसले गरे समर्थन?

    • बिशाल यादब बिशाल यादब
    • today२२ भदौ २०८२

    काठमाडौँ – ‘जेन-जी’ पुस्ताको सोमबार हुने आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन्। त्यस्तै, सामाजिक सञ्जालमा नायक अनमोल केसी, गायक प्रकाश सपूतलगायत थुप्रैले उनको आन्दोलनलाई समर्थन गरेका छन्।

    Ad
    Ad
    Ad

     

    बालेनले ‘जेन-जी’को आन्दोलनमा समर्थन गर्दै गरेको पोस्टमा सामाजिक सञ्जाल प्रतिबन्धका बाबजुद ४ घन्टामा २ लाख २४ हजारभन्दा बढीले लाइक गरेका छन् भने ऐक्यबद्धता जनाउँदै २२ हजारभन्दा बढीले कमेन्ट गरेका छन्।

    Ad
    Ad
    Ad

    नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन-जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन्।

    Ad
    Ad
    Ad
    Ad

     

    रास्वपाका कतिपय नेताहरू यसको पक्षमा रहेको बताइए पनि खुलेर कसैले पनि यसको समर्थनमा अभिव्यक्ति दिएको छैन।

     

    राजसंस्थापक्षधर व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनमा समर्थन रहेको बताए पनि स्रोतका अनुसार आन्दोलनको नेतृत्वले उनलाई फोन गरेर आन्दोलनमा नआउन आग्रह गरेको छ।

     

    नायक अनमोल केसीले पनि समर्थनमा सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाएका छन् भने गायक प्रकाश सपूतले आफ्ना दुई भाइहरूलाई २५/२५ हजार रुपैयाँ दिएर आन्दोलनमा पानी बाँड्न आग्रह गरेको छ।

     

    जेन-जीको आन्दोलनलाई प्रधानमन्त्री केपी ओलीले भने ‘कानुन बुझेकै होला’ भन्दै धम्की दिएका छन्। उनले केही व्यक्तिको जागिरभन्दा देशको स्वाधीनता महत्त्वपूर्ण भएको भन्दै देशको स्वाधीनताका लागि सामाजिक सञ्जाल बन्दको कदम उठाएको प्रतिक्रिया दिएका छन्।

     

    उता सञ्चार मन्त्रालयले भने चार दिनसम्म कोही पनि विदेशी कम्पनी दर्ता प्रक्रियामा नआएको बताएको छ भने भिपिएनबाट सामाजिक सञ्जाल नचलाउन उर्दी जारी गरेको छ।

     

    जेन-जीको सोमबारका लागि घोषित देशव्यापी आन्दोलनलाई थुप्रै युवाहरूले समर्थन गरेका छन्। जेन-जीले सोमबार राजधानीको माइतीघर मण्डलासहित देशका विभिन्न सहरमा शान्तिपूर्ण विरोधमा उत्रन आह्वान गरेको छ।

     

    यसैबीच सर्वोच्च अदालत प्रशासनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.