३ पुष २०८२, बिहिबार / 18 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हेर्दा उपेन्द्रमाथि मुद्दा लगाएजस्तो छ, त्यो मुद्दा माओवादीमाथि लगाइएको हो: प्रचण्ड

    • बिशाल यादब बिशाल यादब
    • today६ भदौ २०८२

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डको फाइल खोलेर सरकारले माओवादीमाथि मुद्दा लगाउन खोजेको आरोप लगाएका छन् । गौर राइस मिलमा माओवादीको सभामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले हमला गर्दा २७ जना मारिएका थिए ।उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले २ दिनअघि परमादेश जारी गरेको छ । योसँगै तत्कालीन फोरमका अध्यक्ष (हालका जसपा नेपाल अध्यक्ष) उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान हुनेछ ।

    Ad
    Ad
    Ad

    उक्त फाइलको पर्दामा यादव देखिए पनि त्यो प्रहार माओवादीमाथि गरिएको प्रचण्डको दाबी छ । देशमा भएका केही घटनाहरू व्यक्ति विशेषमाथि नभई माओवादी आन्दोलनलाई नै सिध्याउने षड्यन्त्रको हिस्सा भएको दाबी उनले गरेका छन् ।‘हेर्दा कुलमानलाई फाले जस्तो, कुलमान फालेको होइन, माओवादीलाई फालेको हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लागे जस्तो, उपेन्द्र यादवलाई होइन त्यो माओवादीलाई लगाएको हो,’ उनले भने, ‘जसको टाउकोको मूल्य तोकेर काटेर झोलामा ल्याऊ भनेको, त्यही टाउको आएर हामीमाथि राज गर्ने भनेपछि उनीहरूलाई सही सक्नु भएको छैन । त्यसैले उनीहरू हामीलाई सिध्याउनै पर्छ भनेर लागेका छन् ।’

    Ad
    Ad
    Ad

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेस एमालेको प्रहारको केन्द्रबिन्दुमा माओवादी रहेको भन्दै प्रतिकारका लागि तयार रहन नेता कार्यकर्तालाई  निर्देशन दिए । कांग्रेस, एमाले लगायतका प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी दलहरू हिजोका उपलब्धिहरूलाई पनि उल्ट्याउनेतिर बल गर्दै छन् ।किनकि माओवादी केन्द्रलाई नसिध्याएसम्म दलालहरूको, नोकरशाहहरुको, बिचौलियाहरूको हित हुनेवाला छैन,’ उनले अघि भने, ‘त्यस कारण उनीहरू सम्पूर्ण तागतको साथ माओवादीलाई घेरा हाल्ने, माओवादीलाई विभाजित गर्ने, माओवादीभित्र गुट, फुट सिर्जना गर्ने, मान्छेको दिमाग खराब गर्ने काम गरिरहेका छन् ।’ 

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.