३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हेर्दा उपेन्द्रमाथि मुद्दा लगाएजस्तो छ, त्यो मुद्दा माओवादीमाथि लगाइएको हो: प्रचण्ड

    • बिशाल यादब बिशाल यादब
    • today६ भदौ २०८२

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डको फाइल खोलेर सरकारले माओवादीमाथि मुद्दा लगाउन खोजेको आरोप लगाएका छन् । गौर राइस मिलमा माओवादीको सभामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले हमला गर्दा २७ जना मारिएका थिए ।उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले २ दिनअघि परमादेश जारी गरेको छ । योसँगै तत्कालीन फोरमका अध्यक्ष (हालका जसपा नेपाल अध्यक्ष) उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान हुनेछ ।

    Ad
    Ad
    Ad

    उक्त फाइलको पर्दामा यादव देखिए पनि त्यो प्रहार माओवादीमाथि गरिएको प्रचण्डको दाबी छ । देशमा भएका केही घटनाहरू व्यक्ति विशेषमाथि नभई माओवादी आन्दोलनलाई नै सिध्याउने षड्यन्त्रको हिस्सा भएको दाबी उनले गरेका छन् ।‘हेर्दा कुलमानलाई फाले जस्तो, कुलमान फालेको होइन, माओवादीलाई फालेको हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लागे जस्तो, उपेन्द्र यादवलाई होइन त्यो माओवादीलाई लगाएको हो,’ उनले भने, ‘जसको टाउकोको मूल्य तोकेर काटेर झोलामा ल्याऊ भनेको, त्यही टाउको आएर हामीमाथि राज गर्ने भनेपछि उनीहरूलाई सही सक्नु भएको छैन । त्यसैले उनीहरू हामीलाई सिध्याउनै पर्छ भनेर लागेका छन् ।’

    Ad
    Ad
    Ad

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेस एमालेको प्रहारको केन्द्रबिन्दुमा माओवादी रहेको भन्दै प्रतिकारका लागि तयार रहन नेता कार्यकर्तालाई  निर्देशन दिए । कांग्रेस, एमाले लगायतका प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी दलहरू हिजोका उपलब्धिहरूलाई पनि उल्ट्याउनेतिर बल गर्दै छन् ।किनकि माओवादी केन्द्रलाई नसिध्याएसम्म दलालहरूको, नोकरशाहहरुको, बिचौलियाहरूको हित हुनेवाला छैन,’ उनले अघि भने, ‘त्यस कारण उनीहरू सम्पूर्ण तागतको साथ माओवादीलाई घेरा हाल्ने, माओवादीलाई विभाजित गर्ने, माओवादीभित्र गुट, फुट सिर्जना गर्ने, मान्छेको दिमाग खराब गर्ने काम गरिरहेका छन् ।’ 

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.