३ पुष २०८२, बिहिबार / 18 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • उपसभामुख हटाउने प्रसंगले नाउपा विवादमा घ्यू थप्यो, सांसद दुई/दुईको अवस्थामा

    • बिशाल यादब बिशाल यादब
    • today४ भदौ २०८२

    काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा  भित्रको विवाद कायमै रहेका बेला उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयले उक्त दलभित्रको विवादमा घ्यू  थपेको छ।
    उपसभामुखलाई हटाउन दुई तिहाइ बहुमत चाहिने अवस्थामा साना दलको मत निर्णयक भएसँगै नाउपाभित्रको विवाद थप चर्किन थालेको छ।

    Ad
    Ad
    Ad

    मंगलबार अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस संसदीय दलमा पुगेर उपसभामुख विरुद्ध आउन लागेको आचरणविरुद्धको प्रस्तावको पक्षमा उभिने संकेत दिएकी छन्। तर रेशम चौधरी पक्ष भने सत्ता गठबन्धनको प्रस्तावमा समर्थन जनाउने पक्षमा छैन।

    Ad
    Ad
    Ad

    केपी ओली नेतृत्वको सरकारलाई समर्थन जारी राख्नुपर्छ भन्ने पक्षमा रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले बुधबार संसदीय दलका नेता गंगाराम चौधरीलाई हटाएर आफैँ भएको पत्र सभामुख देवराज घिमिरेलाई दिएकी छन्। तर, सभामुख घिमिरेले संसदीय दलको नेता चयनको विषय पार्टीको नभई संसदीय दलको भएकाले दलबाटै निर्णय गराएर ल्याउन भनेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    रेशम पक्षले पार्टी अध्यक्ष लालवीर चौधरीलाई बनाउने निर्णय गरे पनि निर्वाचन आयोगले मान्यता नदिएपछि रञ्जिता नै कायम भएकी थिइन्। पार्टी अध्यक्ष कायम भएपछि गत हप्ता नै उनले आफ्नो पार्टीको समर्थन सरकारलाई कायम रहेको पत्र संसद सचिवालयमा पठाएर सत्ता पक्षमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेको प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    उता, असार २२ गते गंगाराम चौधरीले आफ्नो पार्टी प्रतिपक्ष बस्ने जानकारी संसद सचिवालयलाई गराएका थिए। उक्त पत्रपछि रञ्जितासमेत संसदको विपक्षीमा वेञ्चमा बसेकी थिइन् भन् राज्यमन्त्री अरुण चौधरी संसद र सरकारमा निष्क्रिय रहँदै आएका छन्। सरकारलाई समर्थन निरन्तर रहेको रञ्जिताको पत्रसँगै अरुण पुनः राज्यमन्त्रीमा निरन्तरता पाउने आशामा छन्।

    नाउपाका चार जना सांसदमध्ये रञ्जिता र अरुण एकातिर अनि लालवीर चौधरी र गंगाराम चौधरी अर्कोतिर भएका छन्। रञ्जिताले दलको नेताबाट गंगारामलाई बखास्त गरे पनि सभामुखले संसदीय दलबाटै निर्णय गराउन भनेपछि उक्त दलभित्रको विवाद झन कठिन मोडमा पुगेको छ।

    संसदीय दलबाट निर्णय गराउन बहुमत चाहिने भए पनि दुवै पक्षसँग दुई/दुई जना सांसद भएका छन्। जसका कारण रञ्जिता र गंगाराम दुवैले आफूलाई दलको नेता दाबी गर्ने अवस्था सिर्जना भएको छ।

    कांग्रेस –एमालेले उपसभामुख विरुद्धको प्रस्ताव अघि बढाएर संसदमा भोटिङ नै हुने अवस्था आयो भने नाउपाभित्रको विवाद अझै चर्किने प्रष्ट छ।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.