१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • माधव–झलनाथबीच फेरि घम्साघम्सी

    • मेराज हास्मी मेराज हास्मी
    • today३ भदौ २०८२

    काठमाडौँ । भद्र सहमतिको एकसाता नपुग्दै नेकपा एसका नेताद्वय माधव नेपाल र झलनाथ खनालबीच समानन्तर कमितिमार्फत संघर्ष सुरु भएको छ । अध्यक्षसमेत रहेका माधव नेपाल र सम्मानीत नेता झलनाथबीच लामो समयससम्म भनाभन चलेपछि साउन २६ गते पार्टी केन्द्रीय कार्यालयमा एक अर्काविरुद्ध भविष्यमा कुनै आरोप प्रत्यारोप नगर्ने भनेर भद्र सहमति भएको थियो । यसपछि दुई नेताबीचको सम्बन्धमा सुधार हुने अपेक्षा पार्टी नेताहरुले गरेका थिए । यद्यपि माधव र झलनाथले पुनः पार्टी निकट युवा संघमा समानान्तर कमिटी गठन गरेर संघर्षमा उत्रिएका छन् । 

    Ad
    Ad

    आईतबार पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौं महाधिवेशन आयोजक कमिटीका पदाधिकारी र सदस्यलाई शपथ गराएका थिए । तर सोही दिन झलनाथ पक्ष पनि युवा संघको समानान्तर कमिटी गठन गरेर चुनौतीमा उत्रिएको हो । झलनाथ पक्षको २२१ सदस्यीय समानन्तर कमिटिको नेतृत्व सञ्जीव राईले गरेका छन् । झलनाथ पक्षले पत्रकार सम्मेलन नै गरेर माधव पक्षधरबाट एकलौटी पेलिएपछि आफूहरु समानान्तर कमिटी गठन गर्न बाध्य भएको उल्लेख गरेको छ । 

    Ad
    Ad

    सानो दलमा ठूलो विवाद !

    Ad

    निरन्तरको विवादले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सानो दल तर ठूलो विवादको उदाहारणको रुपमा पेश भइरहेको छ । एमालेबाट विभाजित भएर बनेको पार्टी हुर्कनै नपाइ सँधै आन्तरिक विवाद र कलहका कारण झनै दलदलमा फसेपछि उक्त भाष्य खडा भएको हो । मुख्यतः यो पार्टीका नेताहरु नीतिगत र भावी रणनीतिमै एकमत देखिँदैनन् । पार्टी अध्यक्ष माधव नेपाल जनताको बहुदलीय जनवादको पक्षमै छ भने पार्टीका सम्मानित नेता झलनाथ खनाल अब जबजको औचित्य नै समाप्त भएको भन्दै पार्टीलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने पक्षमा छन्  ।

     यस्तै नीतिगत र सिद्धान्ततः मत भिन्नता हुँदा नेकपा एसमा शीर्ष तहमै बेमेलता देखिँदै आएका छन् । पछिल्लो परिघटना हेर्ने हो भनेपनि माधव र झलनाथबीचको असामान्य आरोप प्रत्यारोपले पार्टी नै विभाजनको संघारमा पुग्यो । पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भनेर माधवले झलनाथमाथि प्रश्न उठाएपछि दुई नेताबीच लामै जुहारी चलेको थियो । उनीहरुले एकअर्कालाई पार्टी छाडेर जानसम्म भन्न भ्याएका थिए । तर दोस्रो तहका नेताहरुको रोहबरमा साउन २६ गते दुई नेताबीच भद्र सहमती गराइएपछि झलनाथ र माधबबीचको विवाद साम्य हुने अपेक्षा गरिएको थियो । यद्यपि माधव–झलनाथबीचको राजनीतिक संघर्ष अझै मत्थर हुन सकेको देखिँदैन ।

    गौतम र झाँक्री भने चुप !

    नेकपा एकीकृत समाजवादीमा भर्खरै समाहित भएका नेता वामदेव गौतम नेतृत्वले उपयुक्त जिम्मेवारी नदिए पार्टीमा धेरै रहन नसकिने भन्दै चेतावनी दिइरहेका थिए । तर संगठन विभाग प्रमुख खोजिरहेका वामदेवलाई श्रावण ३० गते बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीमा तेस्रो वरियतासँगै वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । नेकपा एकता राष्ट्रिय अभियानबाट आएका अन्य तीन जनालाई पोलिटब्युरो सदस्य तथा ९ जनालाई केन्द्रिय सदस्य बनाउने निर्णय नेकपा एसले गरेको छ । 

    यो जिम्मवारी बाँडफाँटपछि भने वामदेव नेतृत्वप्रति सकारात्मक बनेका छन् । अर्कोतर्फ नेकपा एस समाजवादी मोर्चालाई सक्रिय बनाउने लयमा लागेको छ भने माओवादीसँगको एकताका लागि पनि गृहकार्यमा जुटेको छ । त्यस्तै नेतृत्वमाथि आक्रामक बन्दै आएकी अर्की नेतृ रामकुमारी झाँक्री पनि पछिल्लो दिनमा शान्त भएकी छन् । 

    यअघि झाँक्री पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अर्ली अधिवेशन गराउन र नेतृत्व परिवर्तन गर्न चर्को दबाब दिँदै आएकी थिइन् । तर उक्त अभिव्यक्तिप्रति पार्टीले नै स्पष्टिकरण माग गरेपछि झाँक्रीले पनि आत्मआलोचना गर्दै भावी दिनमा त्यस्तो अभिव्यक्ति नदोहोर्याउने प्रतिबद्धता व्यक्तm गरेकी छन् । योसँगै पार्टीमा वामदेव र झाँक्रीको विवाद समाधानउन्मुख भएको देखिन्छ । तर अर्कोतर्फ सञ्जिव राई नेतृत्वमा युवा संघको समानान्तर कमिटी गठन भएपछि भने पार्टीमा झलनाथ र माधवबीचको टसल अझै नरोकिएको स्पष्ट देखिएको छ ।

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.