३ पुष २०८२, बिहिबार / 18 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • उपसभामुख हटाउन कस्तो छ संसदको अंक गणित?

    • बिशाल यादब बिशाल यादब
    • today३ भदौ २०८२

    काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता हुन लागेको आचारणविरुद्धको प्रस्तावका बारेमा आफूसँग छलफल नभएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

    Ad
    Ad
    Ad

    मंगलबार कांग्रेस एमालेका सांसदहरुले मगरविरुद्ध पदीय आचारण अनुसारको व्यवाहार नगरेको भन्दै संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्दैछन्।

    Ad
    Ad
    Ad

    प्रतिनिधिसभाका एक चौथाई ६९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गर्न सक्नेछन्। त्यसका लागि दुई दलले आफ्ना सांसदलाई बोलाएर हस्ताक्षर गराइरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    प्रस्ताव पारित हुन संसदको दुई तिहाइ अथात् रुपन्देही ३ बाट निर्वाचित सांसद दीपक बोहोराको निधन भएकाले २७४ मध्ये १८३ जना सांसदको समर्थन अनिवार्य हुन्छ।

    त्यसका लागि कांग्रेस एमालेको मात्रै मतले पुग्दैन। साना दलहरुको समर्थन अनिवार्य आवश्यक छ। तर एकीकृत समाजवादीले भने उपसभामुखविरुद्ध आरणको प्रस्ताव लैजान कांग्रेस एमालेले आफूहरुसँग कुराकानी नगरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए।

    सांसदसमेत रहेका उनले भने,‘यो विषयमा हामीसँग कुनै कुरा भएको छैन। जानकारीसमेत छैन।’ एकीकृत समजावादीको प्रतिनिधिसभामा १० जना सांसद छन्। अध्यक्ष माधव नेपालको पद भने निलम्बनमा परेको छ।

    संसदको कांग्रेसको ८८ र एमालेको ७९ जना सांसद छन्। दुई दल गरेर १६७ पुगे पनि पारित हुन आवश्यक थप १६ जना सांसद भने साना दलले समर्थन गर्नपर्छ।

    सरकारमा रहेको अशोक राई नेतृत्वको जनता समाजवादी पाटीको ७ जना, लोसपाको चार, सरकारमै सहभागी दल छन्। ती दलले समर्थन गरे पनि थप पाँच जना सांसद प्रस्ताव पारित गर्न आवश्यक हुन्छ।
    त्यसका लागि ९ सिट भएको एकीकृत समाजवादी, ६ सिटको जनमत, सिट भएको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नुपर्ने हुन सक्छ।

    संसदमा माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १३, जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना सांसद छन्।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.