१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोदीको निम्तो पुग्नै लाग्दा ओली चीनको तयारीमा, मोदी पखाईमा सी फ्रन्टमा

    • मेराज हास्मी मेराज हास्मी
    • today३१ श्रावण २०८२

    काठमाडौं । प्रधानमन्त्री केपी ओली दुई ठूला छिमेकी मुलुकको भ्रमणमा निस्किने भएका छन् । मन्त्री बनेदेखि नै परराष्ट्रमन्त्री डा. आरजु राणाले धेरै समय आकाश र विदेशमा गुजारेको चर्चा चलिरहेकै बेला प्रधानमन्त्री केपी ओलीले पनि एकपछि अर्को विदेश भ्रमणलाई तीव्रता दिन थालेका छन् । ओलीमा किन यस्तो भ्रमणको दौडधुपको चटारो शुरु भयो त ? 

     

    Ad
    Ad

    प्रधानमन्त्री केपी ओली भारत भ्रमणको तीव्र तयारीमा जुटेकै बेला त्योभन्दा पहिले चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको १४ महिना लामो समयसम्म भारतले वास्ता नगरेपछि विभिन्न देश गइसकेका ओली अन्ततः नेपाल–भारतबीच इतिहासकै छोटो मानिएको भ्रमण आदान–प्रदान गरिरहेकै बेला त्यसभन्दा पहिले चीन जाने विषय सार्वजनिक भइसकेको छ ।

     

    Ad
    Ad

    प्रधानमन्त्री केपी ओली संघाई कोअपरेशन अर्गनाइजेसनमा भाग लिनका लागि चीन जाने बताइएको छ । ओली भदौ १४ गते चीन जाने र भदौ १८ गते नेपाल फर्किने कार्यतालिका अन्तिम चरणमा पुगेको परराष्ट्रमन्त्रालयले जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङले उद्घाटन गर्ने सो कार्यक्रममा विश्वभरका दुई दर्जन राष्ट्र प्रमुखहरू सहभागी हुने बताइएको छ। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुनेछन् । 

     

    Ad

    भारतको निम्तो र कूटनीति

     

    भारतले प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो यहि भदौ १ गते औपचारिक रुपमा दिने बताइएको छ । भारतको निमन्त्रणा लिएर भारतीय विदेश सचिव बिक्रम मिश्री भदौ १ गते नेपाल आउने बताइएको छ । 

     

    औपचारिक निमन्त्रणापछि ओलीको भारत भ्रमणबारे विस्तृत थाहा हुनेछ । अहिलेसम्मको जानकारी अनुसार ओलीको भारत भ्रमण जम्मा दुई दिनको हुने बताइन्छ । भदौ ३१ गते भारत जाने र असोज १ गते नेपाल फर्किने गरि भ्रमणको तयारी चलिरहेको बताइएको छ । परराष्ट्रले समेत यसै पेरिफेरीमा तयारी गरिरहेको बताइन्छ । भारतले के विषयमा भ्रमणको निमन्त्रणा दिन्छ र कसरी विषय अघि बढ्छन् भन्ने समेत भारतीय विदेश सचिवले निमन्त्रणा दिएपछि मात्रै खुल्ने छ । 

     

    ओली–मोदीको भेट समेत विगतमा भारतका प्रधानमन्त्रीहरुले भेट्ने गरेको स्थल हैदरावाद हाउसभन्दा फरक हुनेछ । ओली–मोदीको भेट बिहारस्थित बोधगयामा हुने भनिएको छ । बोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको प्रशिद्ध स्थानको रुपमा समेत चिनिने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले रामको जन्मदेखि विभिन्न धार्मिक विषयमा परस्पर विवाद देखिने खालका तर्क गर्ने गरेका छन् । 

     

    ओलीले रामको जन्ममा मात्रै नभई नेपाल हिन्दुहरुको पवित्र स्थल भएको र भगवान शिव समेत नेपालकै चतरा आसपासमा जन्मिएको चाम्लिङ थरको हुनसक्ने भनेका थिए । यस्तो बेला भारतले बुद्धले ज्ञान प्राप्त गरेको स्थल चुन्नुलाई समेत अर्थपूर्ण ढंगले लिएको छ । 

     

    प्रधानमन्त्री बनेपछि ओली कहाँ–कहाँ पुगे ?

     

    केपी ओलीले प्रधानमन्त्रीको जिम्मा सम्हालेपछि अमेरिका, थाइल्याण्ड, तुर्केमेनिस्थान, चीन लगायतका मुलुकको भ्रमण गरिसकेका छन् । यसमा औपचारिक राजकीय भ्रमण भने चीनमात्रै हो । अन्य मुलुकमा संयुक्त राष्ट्र संघको कार्यक्रमको छेको पार्दै भ्रमण गरेको देखिन्छ ।

     

    १. अमेरिका भ्रमणः संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन ओली गतवर्ष असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । त्यो बेला नै नेपालमा बाढीको वितण्डाले मानिस नै हताहतिमा परेका थिए भने, उनको त्यो बेला आलोचना समेत भएको थियो । ओली गत वर्ष असोज १४ गतेमात्रै नेपाल फर्किएका थिए । 

     

    २. चीन भ्रमण : गत वर्ष मंसिर १७ गते प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा निस्किएका थिए । ओलीलाई चीनले औपचारिक निमन्त्रणा दिएर राजकीय भ्रमण गराएको थियो भने, त्यो बेला नै नेपाल–चीनबीच बीआरआई सम्झौतामा हस्ताक्षर गरिएको थियो । बीआरआई सम्झौतालाई ठूलो राजनीतिक विषय बनाइएपनि ओलीले चलाखीपूर्वक सम्झौता गरे तर, अहिलेसम्म पनि कार्यान्वयन भने हुन सकेको देखिन्न । 

     

    ३. थाइल्याण्ड भ्रमण : बिमस्टेक शिखर सम्मेलनका निम्ति प्रधानमन्त्री केपी ओलीले गएको चैत्र १९ गते थाइल्याण्डको भ्रमण गरेका थिए । ओली बिमस्टेक सम्मेलनका निम्ति थाइल्याण्ड गएपनि यसलाई नेपालकोतर्फबाट पहिलो उच्चस्तरीय भ्रमणको रुपमा चर्चा गरिएको थियो ।

     

    ४. तुर्कमेनिस्तान भ्रमणः भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी ओली साउन १८ गते त्यसतर्फ गएका थिए । 

     

    ओलीले सत्ता नेतृत्व गरेपछि विदेश भ्रमणलाई समेत जोड दिदै आएका छन् । प्राय संयुक्त राष्ट्र संघको कार्यक्रममा नै पुगेको देखिन्छ भने अहिलेको चीन भ्रमण समेत यस्तैखाले कार्यक्रममा सहभागीता जनाउनका निम्ति देखिन्छ । तर, भारत भ्रमण भने बहुप्रतिक्षित छ । 

     

    यो भ्रमणमा महत्वपूर्ण निर्णय हुने सम्भावना कम भएपनि अर्थपूर्ण मानिएको छ । यद्यपि, परराष्ट्रमन्त्री आरजु राणा देउवाले भने अत्याधिक विदेश भ्रमण गरेको भन्दै चर्को आलोचना हुने गरेको छ । सरकारले पनि शक्तिशाली मन्त्री राणालाई रोक्न सक्ने स्थिति समेत नभएको बताइन्छ । 

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.