१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री प्रमोद जयसवालद्वारा नागरिक सुरक्षामुखी दुई बीमा कार्यक्रम सार्वजनिक

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३२ असार २०८२

    जनकपुरधाम, साउन १ – मधेश प्रदेश सरकारले नागरिक सुरक्षालाई केन्द्रमा राख्दै ऐतिहासिक तथा मानवीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण दुई बीमा कार्यक्रम— ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ सुरु गरेको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत कार्यान्वयनमा ल्याइएका यी योजनाले अब विपद्का बेला जनताको जीवन र सम्पत्तिमा पर्ने क्षतिलाई राहत दिलाउनेछ।

    Ad
    Ad
    Ad

    दुर्घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई रु १० लाखसम्मको क्षतिपूर्ति, साथै आगलागी, बाढी, हावाहुरी वा प्राकृतिक विपत्तिबाट आवासमा क्षति पुगेमा रु १ लाखदेखि ५ लाख २५ हजारसम्मको राहत सहायता प्रदान गरिनेछ। समाज कल्याण मन्त्री प्रमोद जयसवालले भने, “सरकार अब विपद्का बेला कागजी आश्वासन होइन, प्रत्यक्ष राहत लिएर नागरिकको ढोका ढोका पुग्ने छ। यो कार्यक्रम केवल राहत वितरण होइन, नागरिक सुरक्षाको नयाँ अध्याय हो।” यस योजना अन्तर्गत प्रदेशभरिका पीडित नागरिकहरूलाई शीघ्र सहायता पुगोस् भन्ने उद्देश्यले स्थानीय तहहरूसँग समन्वयमा कार्यान्वयन गरिने तयारी गरिएको छ। पछिल्ला वर्षहरूमा बाढी, डुबान र आगलागीका घटनाहरूले मधेशका हजारौं नागरिकको जीवनमा कहालीलाग्दो असर पारेको सन्दर्भमा, सरकारको यो निर्णय ‘जनताको सुरक्षाको लागि सरकार’ भन्ने नारा व्यवहारमा उतारिएको स्पष्ट प्रमाण भएको विश्लेषकहरूको धारणा छ।

    Ad
    Ad
    Ad

    यी कार्यक्रमहरूले मधेश प्रदेशलाई सामाजिक सुरक्षाको नयाँ युगमा प्रवेश गराउने अपेक्षा गरिएको छ। सरकारको यो कदमले अन्य प्रदेश सरकारहरूमाझ पनि जनमुखी नीति निर्माणको स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.