३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "नखाएको विष लाग्यो, सत्यका लागि पद त्यागेँ": घुस डिल प्रकरण"मा मन्त्री गुप्ताको प्रधानमन्त्री समक्ष राजीनामा

    • अशोक यादब अशोक यादब
    • today३१ असार २०८२

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको "घुस डिल" प्रकरणमा सत्यतथ्य उजागर होस् भनेर प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन्। पछिल्ला केही दिनदेखि लगातार सामाजिक सञ्जाल र मिडियामा आफ्नो नाम जोडेर चलाइएको प्रचारबाजीको जवाफस्वरूप गुप्ताले आज आक्रोशपूर्ण र भावुक शैलीमा राजीनामा घोषणा गरेका हुन्।

    Ad
    Ad
    Ad

    गुप्ताले भनेका छन्, “बिगत केही दिनदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचार गरिएको छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएको छु।” राजीनामा पत्रमा गुप्ताले अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही नबनून भन्ने अपेक्षा राखेको छु,” भन्दै उनले आफ्ना समर्थक, शुभचिन्तक र साथ दिनेहरूप्रति आभार प्रकट गरेका छन्।

    Ad
    Ad
    Ad

    पद त्यागसँगै उनले जनताप्रति थप जिम्मेवारीको अनुभूति गर्दै अब पार्टीले दिएको जिम्मा ईमान र निष्ठासाथ पूरा गर्ने घोषणा पनि गरे। “अब फेरि एकपटक जनताको घरदैलोमा फर्किन्छु,” भन्दै गुप्ताले आफूलाई बदनाम गर्न गरिएको षड्यन्त्रविरुद्ध अझ बुलन्द भएर राजनीतिक मैदानमा उत्रने संकेत पनि दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    मुख्य बुँदाहरू:

    मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री समक्ष राजीनामा

    घुस प्रकरणमा संलग्नता अस्वीकार, अडियोलाई षड्यन्त्रको हिस्सा भने

    “नखाएको विष लाग्यो” – राजीनामा घोषणामा भावुक सन्देश

    सत्यतथ्य उजागरका लागि स्वेच्छिक पद त्याग

    पार्टी कार्य र जनतासँगको सम्पर्कलाई अझ बलियो बनाउने घोषणा

    यो राजीनामासँगै “घुस डिल प्रकरण” अब नयाँ मोडमा प्रवेश गरेको छ। गुप्ताको विदाईले सत्ता वृत्तमै हलचल मच्चिएको छ भने, आम जनताको नजर अब आगामी अनुसन्धान र फरेन्सिक परीक्षणको निष्कर्षतर्फ केन्द्रित छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.