१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१७ असार २०८२

    काठमाडौं, असार १७ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले “कुलिङ अफ पिरियड” सम्बन्धी प्रावधानमा अनधिकृत रूपमा हेरफेर भएको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभाबाट पारित सङ्घीय निजामती सेवा विधेयकमा प्रावधान विपरीत गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै मन्त्री गुप्ताले संसदको गरिमा र प्रक्रिया दुबै अपमानित भएको दाबी गर्नुभएको हो।

    Ad
    Ad
    Ad

    उहाँले उक्त विषयमा सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाहीको माग समेत गर्नुभएको छ। मन्त्री गुप्ताका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत जेठ २ गते सर्वसम्मत पारित विधेयकमा असार १ गते सभापति रामहरि खतिवडाले संसदमा प्रतिवेदन पेस गर्दा अस्वीकार्य हेरफेर भएको आशंका छ। ‘समितिबाट पास भएको विधेयक हामीले मन्त्रालयमै बसेर असार २ गते हेर्ने तयारी गरेका थियौँ, तर हामीलाई जानकारी नदिई असार १ गते नै प्रतिवेदन हाउसमा दर्ता गरियो,’ मन्त्री गुप्ताले बताएका छन्।

    Ad
    Ad
    Ad

    उहाँले तालुक मन्त्रालयका मन्त्रीलाई समेत छल्दै विधेयक पेस गरिनु गम्भीर षड्यन्त्र भएको आरोप लगाउनुभयो। “कुलिङ अफ पिरियड जस्तो महत्वपूर्ण प्रावधानमा बिना जानकारी फेरबदल हुनु संसदकै अपमान हो,” गुप्ताले आक्रोश व्यक्त गर्दै भन्नुभयो, “कमा र फुलस्टपसम्म नबदलिने प्रतिबद्धता थियो, तर मलाई नै झुक्याएर प्रावधान हटाइयो।”

    Ad
    Ad
    Ad
    Ad

    प्रस्तावित विधेयकमा “कुलिङ अफ पिरियड” हटाउन निजामती सेवाका उच्च पदस्थ कर्मचारीहरूको दबाब बढ्दो रहेको पृष्ठभूमिमा मन्त्री गुप्ताको कडा अभिव्यक्तिले यस विषयलाई थप राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.