१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षकहरूसँगको सहमति कार्यान्वयनका लागि आगामी बजेटमा व्यवस्था गर्न सांसद ढकालको आग्रह

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२३ बैशाख २०८२

    काठमाडौँ, २३ बैशाख/ प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको सहमति आगामी बजेटमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठकबाट आठवटा निर्णय गरी पत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताए।

    Ad
    Ad
    Ad

    “अहिलेको जनउत्तरदायी सरकारले शिक्षकहरूसँग गरेको सहमति केवल कागजमा सीमित नहोस्,” सांसद ढकालले भने, “आगामी बजेटमै यी सहमतिहरूलाई कार्यान्वयन गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ।” उनले विगतमा सरकारले सहमति गर्दा उदारता देखाए पनि कार्यान्वयनमा ढिलाइ हुने गरेको स्मरण गराउँदै अहिले पनि शिक्षकहरूमा संशय कायम रहेको बताए।

    Ad
    Ad
    Ad

    सहमतिको कार्यान्वयनबाट मात्रै विश्वासको वातावरण बन्ने उल्लेख गर्दै सांसद ढकालले शिक्षकहरूसँग गरिएका प्रमुख सहमतिकाहरूलाई संसदमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए। उनले उपचारमा सहुलियत, विद्यालय कर्मचारी र ईसीडी शिक्षकहरूको तलब, अस्थायी शिक्षकहरूको सेवा, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, तलब समानता, राहत शिक्षक लगायतका विषयहरूलाई ढिलासुस्ती नगरी तुरुन्त कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। सांसद ढकालको भनाइले शिक्षा क्षेत्रको सुदृढीकरण र शिक्षकहरूको हक–अधिकारको संरक्षणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.