२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एसपी मिश्राको एकशन तीन महिनामा, १२ करोडको अवैध सामान बरामद!

    • संजय कुशवहा संजय कुशवहा
    • today२२ बैशाख २०८२

    वीरगंज-जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साको टोली र क्राईम ब्रान्च शाखाका प्रहरी सक्रियतामा उक्त सामानहरु नियन्त्रणमा लिन सफल भएको हो । पर्सा प्रहरीको टोली र क्राईम ब्रान्च शाखाको टोलीको सक्रियतामा सिमानाकामा हुने तस्करी र लागु औषध ओसारपसारमा कडाई गरेपछि धमाधम लागु औषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सफल भएकाछन्।पर्सा जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा सादा पोसाकमा रहेका अपराध शाखाले २०८१ साल माघ १४ गतेदेखि वैशाख १७ गतेसम्म १२ करोड २३ लाख ५० हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध सामानहरु सहित ५० वटा सवारीसाधन वीरगन्जको आईसिपी भन्सारबाट निस्केको गाडी नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जनाएका छन् ।

    Ad
    Ad

    पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार जाँचपास भई निसकेको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।त्यसै गरी प्रहरीले अवैध रुपमा भन्सार छलेर भारतबाट रातीको समयमा पर्सा जिल्लाको चोर बाटो हुँदै तस्करहरुले नेपाल भित्र्याउदै गरेको बवाईलर कुखुराको चल्लाहरु सहित तस्करीमा सँलगन रहेको मानिस र मोटरसाइकल गरी १० लाख रुपैयाँ मुल्य बराबरको नियन्त्रणमा लिएर चल्ला नष्ट गरेको छ ।त्यसैगरि मिश्रको ३ महिने कार्यकालमा पर्सा प्रहरीले विभिन्न मुद्दामा ४०२ वटा मुद्दा दर्ता गरेको जनाएको छ भन्ने त्यसमध्ये २०३ वटा मुद्दा फर्छ्यौट र १९९ वटा बाकी रहेको जनाएको छ ।

    Ad
    Ad

    पर्सा प्रहरीले तयसै गरी प्रतिबन्धित अवैध लागु औषध गाँजा ५ सय १६ किलो ७५० ग्राम बिभिन्न स्थानबाट मानिस सहित पक्राउ गरेको छ भने चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम ७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र codiwell ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ३१ जना मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा २३ वटा मुद्दा दर्ता गरी पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध कारोबारमा मुद्दा चलाएको छ ।त्यस्तै पर्सा प्रहरीले २६ लाख रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ५ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागमा पक्राउ परेका मानिस सहित रकम बुझाइएको र पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालयबाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिश्रले जनाएका छन् ।पर्सा जिल्लामा विभिन्न मुद्दामा सम्मानित अदालतले सजाय तोकेको र विभिन्न मुद्दामा फरार रहेका ४८९ जनालाई प्रहरीले पक्राउ गरि ३८ बर्ष १ महिना ७ दिन कैद र १ करोड १२ लाख ८० हजार ३०३ रुपैयाँ जरिवानासहित रकम असुल गर्न पर्सा प्रहरी सफल भएको छ ।

    Ad

    त्यसै गरी पर्सा प्रहरीले यौनजन्य क्रियाकलाप पक्राउ परेका मानिसहरु माथी मानव बेचबिखनमा मुद्दा चलाई संलग्न रहेको ५ जनालाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठाइएको जनाएको छ ।तसकरहरुले पर्सा जिल्लाको विभिन्न ठाउँहरूबाट वन जंगल फडानी गरि ल्याएको अवैध काठ २२ कयु फिट बरामद गरेको छ ।त्यस्तै पर्सा जिल्लाको ग्रामीण भेगमा लागु औषध कारोबारीहरुले खेतमा लगाएका २८ कठ्ठा गाँजाको बोट करिब १३ हजार ४ सय बोट नष्ट गरेको छ भन्ने अफिमको ५०० बोट नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।पर्साको ग्रामीण भेगमा रहेको घरेलु मदिरा बनाउने भठ्ठी करिब १४ वटा नष्ट गरि तयारी मदिरा ६०० लिटर र कच्चापदार्थ ९ हजार ६५० लिटर नष्ट गरेको प्रहरीले जनाएको छ ।त्यस्तै ३ महिनामा उजुरी शाखामा ५६७ निवेदन परेकोमा ३५१ उजुरी फर्छयौट गरेको पर्सा प्रहरीले जनाएको छ ।त्यसै गरी घरेलु हिंसाको तथा जनचेतना मुलक कार्यक्रम १ हजार ४५० वटा गरेको छ भन्ने ७४ हजार ९५६ जना लाभान्वित रहेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।पर्सा प्रहरीले तीन महिनाको अवधिमा तसकरहरुले अवैध गिट्टी बालुवा उत्खनन गरी भारत तर्फ लाने गरेको अवस्थामा १० वटा ट्याक्टर पक्राउ गरि कारबाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाएको जनाएको छ ।पर्साका प्रहरी प्रमुख मिश्रले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।त्यसैगरि एसपी मिश्रले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी पर्सा जिल्लाको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरुलाई तसकरी नियन्त्रणमा कडाई गर्न निर्देशन दिदै चोरी डकैती शान्ति सुरक्षाको राम्रो काम गर्न लागु औषध ओसार पसार कार्य नियन्त्रण गर्न कडा निर्देशन दिएका छन।जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक मिश्रले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही गरिने ठाडो निर्देशन समेत दिएको बताए ।

    ताजा सूचना

    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.