३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • औद्योगिक क्षेत्रलाई दिउँसो ५ बजेसम्म निर्बाध विद्युत आपूर्ति : भारतबाट ६०० मेगावाट आयातको समय थप

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१८ बैशाख २०८२

     काठमाडौं, १८ वैशाख ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विशेष पहलमा भारतबाट आयात हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि आजदेखि थप गरिएको छ। उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा दिउँसो ५ बजेसम्म निर्बाध विद्युत आपूर्ति सुनिश्चित हुने भएको छ। ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) र भारत सरकारबीचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो।

    Ad
    Ad
    Ad

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार, भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। यसअघि यो समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सीमित थियो। नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत उत्पादनमा उल्लेख्य वृद्धि भएको भए तापनि, औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ।

    Ad
    Ad
    Ad

    "हाम्रो पहिलो प्राथमिकता विद्युत आपूर्ति हो, मुनाफा दोस्रो," प्राधिकरणले स्पष्ट पारेको छ। उद्योगहरूको मागलाई उच्च प्राथमिकतामा राख्दै प्राधिकरणले आवश्यक परेमा अधिकतम दर तिरेर भए पनि विद्युत आयात गर्न तयार रहेको जनाएको छ। मन्त्रालय, प्राधिकरण र मन्त्री खड्काको व्यक्तिगत सक्रियतामा गरिएको यो कूटनीतिक पहलबाट औद्योगिक क्षेत्रलाई सहज रूपमा कार्य सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाल सरकारले औद्योगिक उत्पादनलाई गति दिन रणनीतिक उपायहरू अपनाउँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले भारत सरकारप्रति सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.