२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षकको जायज माग वार्तामार्फत समाधान खोज्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

    • रामाशंकर साह रामाशंकर साह
    • today८ बैशाख २०८२

     काठमाडौँ, ८ वैशाख/ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आन्दोलनरत शिक्षकहरूको जायज मागप्रति सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभएको छ। गृह जिल्ला संखुवासभाका शिक्षकहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री खड्काले शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

    Ad
    Ad

    "प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय हुन्छ। शिक्षकहरू सधैं सम्मानित र आदरणीय पात्र हुन्," मन्त्री खड्काले भन्नुभयो। उहाँले शिक्षकहरूबाट भएको ऐतिहासिक योगदानको स्मरण गर्दै संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकमैत्री रहेको उल्लेख गर्नुभयो। "माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो। अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पुर्‍याउन सक्छ," उहाँको तर्क थियो।

    Ad
    Ad

    यसर्थ, मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने उहाँले जोड दिनुभयो। मन्त्री खड्काले ऐन संशोधन जस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने स्वीकार गर्दै पनि विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको दाबी गर्नुभयो। "वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो। शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्छ," उहाँले आग्रह गर्नुभयो। मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको उल्लेख गर्दै, आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल शिक्षक महासंघ संखुवासभाका उपाध्यक्ष मोदमणि दाहालको सभापतित्व रहेको थियो भने सञ्चालन अर्जुन कुमार बस्नेतले गर्नुभएको थियो।

    Ad

    कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेज प्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई बेवास्ता नगर्न ऊर्जामन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। चौलागाईंले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक संघर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो। साथै, माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने दिनुभयो।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.