१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँबसपार्क सहकारीको १४औँ वार्षिक साधारणसभा सम्पन्न, सुदीपकुमार श्रेष्ठ नयाँ अध्यक्ष चयन

    • राजु कुशवाहा राजु कुशवाहा
    • today३१ चैत्र २०८१

     काठमाडौँ, चैत ३१ – काठमाडौँ महानगरपालिका–२६, गोँगबुमा अवस्थित नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। दियालो फुडल्याण्डमा आयोजित सभामा संस्थाका निवर्तमान अध्यक्ष लिलाप्रसाद ढकालको अध्यक्षता रहेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सहकारी संस्था प्रतिको जनविश्वास पुनःस्थापना गर्न अनुशासन र पारदर्शिता अत्यावश्यक रहेको धारणा राखे। “सहकारीलाई मर्यादित रूपमा अघि बढाएमा नागरिकमा पुनः भरोसा जाग्नेछ,” वडाध्यक्ष तिवारीले भने, “चाँडो लाभ कमाउने आशामा गरिने गैरजिम्मेवार कार्यले संस्थाको छवि धूमिल हुने भएकाले सजग रहनुपर्छ।” निवर्तमान अध्यक्ष ढकालले संस्थाले आरम्भदेखि नै शेयरधनीको विश्वास जित्दै अघि बढेकाले हालसम्म कुनै ठूला समस्या नआएको जानकारी दिए।

    Ad
    Ad
    Ad

    वि.सं. २०६७ सालमा २५ जना संस्थापक शेयरधनीद्वारा स्थापना गरिएको यो सहकारीमा हाल करिब ५०० जना शेयरधनी आबद्ध छन्। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ। सुदीपकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा देवराज नेपाल, सचिवमा जानुका ढकाल नेपाल, कोषाध्यक्षमा देवी कार्की चयन भएका छन्। यस्तै, सदस्यहरूमा होम गिरी, हिमकुमार मल्ल र ओमनाथ भट्टराई रहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    लेखा समिति संयोजकमा दामोदर घिमिरे चयन भएका छन् भने सदस्यहरूमा शिव श्रेष्ठ र मनिषा ढुंगाना नेपाल रहेका छन्। संस्थाले आगामी दिनहरूमा सदस्यहरूको हितमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.