१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा राष्ट्रिय युवा संघको दोस्रो अधिवेशनकाे तयारी तीव्र, अमीर खानको नेतृत्वमा १५ सदस्यीय आयोजक समिति गठन

    • रामाशंकर साह रामाशंकर साह
    • today२५ चैत्र २०८१

     वीरगञ्ज, पर्सा — नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल वीरगञ्ज महानगर कमिटीले आफ्नो दोस्रो अधिवेशनलाई भव्य र सफल बनाउन तयारी तीव्र पारेको छ। सोमबार सम्पन्न पर्सा जिल्ला कमिटीको बैठकले अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले १५ सदस्यीय आयोजक समिति गठन गरेको हो।

    Ad
    Ad
    Ad

    समितिको नेतृत्व वीरगञ्ज महानगर उपाध्यक्ष अमीर खानले लिएका छन् भने सह संयोजकको रूपमा अब्दुल अहमद र सचिवमा राजन कुमार कुर्मी चयन भएका छन्। समितिमा सोनु पटेल, सुषमा श्रेष्ठ, आफताब अमी, वाहिल खुर्सैद चौहान, गणेश तिवारी, जयलाल ठाकुर, शारुख अली लगायतलाई सदस्यका रूपमा चयन गरिएको छ। यो टोलीले अधिवेशनको माहोललाई उत्साहजनक बनाउने विश्वास लिइएको छ।

    Ad
    Ad
    Ad

    बैठकले अधिवेशन तयारीसँगै संगठनात्मक दृष्टिले महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। राष्ट्रिय युवा संघ नेपाल पर्साको आठौँ जिल्ला अधिवेशनमा वीरगञ्ज महानगर अध्यक्ष दीपक पटेल र सचिव मुकेश यादवले क्रमशः उपाध्यक्ष र कोषाध्यक्षमा विजय हासिल गरेका छन्। बैठकले दुबै विजयी नेताहरूलाई शुभकामना र बधाई दिने निर्णय गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    बैठकमा नेकपा एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादव, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मोहम्मद निजाम, नेकपा एमाले वीरगञ्ज महानगर अध्यक्ष राजेन्द्र यादव, सचिव सुन्दर कुर्मी, तथा युवा संघ पर्सा जिल्ला इन्चार्ज रवि गुप्ता, लेखा अध्यक्ष शिवजी गुप्ता, जिल्ला अध्यक्ष सुवास गुप्ता, उपाध्यक्ष दीपक पटेल, सचिव राकेश महतो, सहसचिव मोहन बर्नवाल, कोषाध्यक्ष मुकेश यादव लगायत नेताहरूको सक्रिय उपस्थिति रहेको थियो।

    राष्ट्रिय युवा संघको दोस्रो अधिवेशन अब उत्साह, संगठनात्मक शक्ति र रणनीतिक सफलता प्रदर्शन गर्ने मञ्च बन्ने अनुमान गरिएको छ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.