५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऊर्जामन्त्री खड्काको तुम्लिंगटार अवलोकन: कोशी कोरिडोर २२० केभी लाइनबाट जलविद्युत प्रवाह सुरु

    • अशोक यादब अशोक यादब
    • today२५ चैत्र २०८१

     काठमाडौँ, चैत २५ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का गृहजिल्ला संखुवासभा पुगेर देशकै महत्वाकांक्षी आयोजना मध्ये एक, कोशी कोरिडोर २२० केभी डबल सर्किट प्रशारण लाइनको प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन्।

    Ad
    Ad
    Ad

    उनले तुम्लिंगटार सवस्टेसनमा पुगेर आयोजनाको भौतिक तथा प्राविधिक पक्षको विस्तृत जानकारी लिएका हुन्। नेपाल विद्युत प्राधिकरण अन्तर्गत निर्माण सम्पन्न भइसकेको इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिंगटार प्रशारण लाइनमार्फत जलविद्युत प्रवाह सुरु भइसकेको छ। यसले नेपालको ऊर्जा आपूर्ति प्रणालीमा ऐतिहासिक उपलब्धि थपेको छ।

    Ad
    Ad
    Ad

    आयोजनाका प्रमुख राघवेन्द्र झाले मन्त्रीलाई जानकारी गराउँदै भने, “यस आयोजनाको सफल कार्यान्वयनले मात्र होइन, ऊर्जाको दीर्घकालीन सुरक्षा सुनिश्चित गरेको छ।” उनले बताएअनुसार Kalpataru Projects International Limited र Larsen & Toubro Ltd. जस्ता अन्तर्राष्ट्रिय स्तरका भारतीय कम्पनीहरूले निर्माण कार्य सम्पन्न गरेका हुन्।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै, बसन्तपुर–धुंगेसांगु लाइन र धुंगेसांगु सवस्टेसनको कार्य KEC International Ltd. द्वारा सम्पन्न गरिएको छ। बाँकी रहेको दोस्रो सर्किट स्ट्रिङ्ग कार्य अन्तिम चरणमा रहेको र नेपाल हाइड्रो लिमिटेडद्वारा सम्पन्न हुँदै गरेको जानकारी पनि दिइएको छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको सञ्चालन दुहवी महाशाखाअन्तर्गत ग्रिड सञ्चालन विभागलाई जिम्मा दिइसकेको छ।

    पूँजीकरण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको बताइएको छ। ऊर्जामन्त्री खड्काले भने, “यो आयोजना पूर्वी नेपालको ऊर्जा विकासमा माइलस्टोन सावित हुनेछ। औद्योगिक विस्तार, स्थानीय विकास र लोडसेडिङ न्यूनीकरणमा यसको योगदान दूरगामी हुनेछ।”

    तुम्लिंगटार सवस्टेसनमा आयोजित कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा विद्युत प्राधिकरणका प्राविधिकहरूको उल्लेखनीय उपस्थिति थियो। यो आयोजना न केवल पूर्वी नेपालका लागि, सिङ्गो राष्ट्रकै ऊर्जागत भविष्यको उज्यालो संकेत बनेको छ।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.