१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षक र निजामती ऐन चाँडै संसदबाट पारित हुने : मन्त्री गुप्ता

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२५ चैत्र २०८१

     पर्सा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षक तथा संघीय निजामती ऐन अब चाँडै संसदबाट पारित हुने दाबी गर्नुभएको छ।

    Ad
    Ad
    Ad

    करिब एक दशकदेखि अलपत्र परेका यस्ता विधेयकहरूमा करिब १८ सय उपदफा स्तरमा गहन छलफल भइसकेको उल्लेख गर्दै उहाँले “अबको संसद बैठकमा यी विधेयकहरू अवश्य पारित हुन्छन्,” भन्ने विश्वास व्यक्त गर्नुभयो। वीरगञ्जमा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन, पर्साको १४ औं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुप्ताले आउँदो १२ गतेदेखि सुरु हुने संसद बैठकमा शिक्षक, संघीय निजामती र नेपाल प्रहरीसम्बन्धी तीन महत्वपूर्ण विधेयक संसदमा पेश गरिने जानकारी दिनुभयो।

    Ad
    Ad
    Ad

    ती सबै विधेयक बहुमतका साथ पारित हुनेमा आफू पूर्ण आशावादी रहेको उहाँको भनाइ थियो। ‘गणतन्त्रको विकल्प छैन, कुशका राजा बोकेर हिँड्नु अनुचित’ समारोहमा बोल्दै मन्त्री गुप्ताले पछिल्ला दिनमा गणतन्त्रविरोधी तत्वहरू फेरि सलबलाउन थालेको भन्दै ती शक्तिहरूलाई जनताले तह लगाउने चेतावनी दिनुभयो। उहाँले नाम नलिइ राजा र राजतन्त्रको पक्षमा उभिने नेताहरूलाई लक्षित गर्दै भन्नुभयो, “जो राजाले आफ्नै परिवार जोगाउन सकेनन्, उनले देश कसरी जोगाउँछन्?” राजदरबार हत्याकाण्डपछि राजतन्त्रको विधिवत् अन्त्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले 'कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन,' भन्दै ती तत्वहरूको घोर आलोचना गर्नुभयो।

    Ad
    Ad
    Ad
    Ad

    “सामन्तवादको आडमा अडिएको राजतन्त्र हटाएर जनताले ल्याएको लोकतन्त्र कुनै हालतमा उल्ट्याउन दिइने छैन,” उहाँको दोहोरो प्रहार थियो। मन्त्री गुप्ताको कडा सन्देश : ‘जनताले ल्याएको परिवर्तन उल्ट्याउन खोज्नेहरू विफल हुनेछन्’ मन्त्री गुप्ताको यो धारिलो अभिव्यक्तिलाई गणतन्त्रको रक्षामा शक्तिशाली सन्देशको रूपमा हेरिएको छ।

    संविधान कार्यान्वयनका निम्ति झण्डै एक दशकदेखि प्रतीक्षित विधेयकहरू अब कार्यान्वयनको चरणमा पुग्दै गर्दा उहाँको सक्रियता र प्रतिवद्धता प्रमुख विषय बनेको छ।

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.