१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्ताद्वारा पर्साको पोखरीयामा सडक र नालाको शिलान्यास : “इमान्दारिता भए थप बजेटको ढोका खुला”

    • बिराज यादव बिराज यादव
    • today२४ चैत्र २०८१

     पर्सा, पोखरीया – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिका–२ लमरियामा सडक र नालाको शिलान्यास गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट २५ लाख रुपैयाँको लागतमा बन्ने १३२ मिटर सडक र १०७ मिटर नालाको शिलान्यास गरिएको हो।

    Ad
    Ad
    Ad

    शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले सरकार तराई-मधेशका आदिवासी, जनजाति, मधेसी र सीमान्तकृत समुदायको चौतर्फी विकासमा प्रतिबद्ध रहेको बताए। उनले भने, "यो बजेट मेरो पहल र निरन्तरको प्रयासले सम्भव भएको हो। इमान्दारिता देखाए अर्को वर्ष अझै धेरै बजेट ल्याउँछु, तर काममा बेइमानी भयो भने आशा नगर्नुहोस्।" गुप्ताले विगतमा सरकारप्रति उपेक्षाको गुनासो आएको मधेशले अब विकासको गति अनुभूत गर्ने बताए।

    Ad
    Ad
    Ad

    "पहिलेजस्तो सरकारले हामीलाई हेरिरहेको छैन भन्ने गुनासो अब हट्छ। तराई-मधेशमै मेरो प्राथमिकता छ," मन्त्री गुप्ताले दाबी गरे। त्यसैगरी, उनले नेपाल–भारत सीमावर्ती क्षेत्रको तुलनामा नेपालको पक्षमा बढी विकास चाहेको उल्लेख गर्दै पोखरीयालाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारको कार्यसूचीमा रहेको जानकारी दिए। "यो क्षेत्रलाई औद्योगिक हब बनाउने सरकारको सोचलाई म अगाडि बढाइरहेको छु," उनले स्पष्ट पारे। कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहानले मन्त्री गुप्तासँग थप बजेटका लागि आग्रह गर्दै नगर विकासमा निरन्तरको सहयोगको अपेक्षा राखे।

    Ad
    Ad
    Ad
    Ad

    मन्त्री गुप्ताले कर्मचारी व्यवस्थापनदेखि विकास आयोजनासम्म सबै तहमा सरकार गम्भीर रूपमा काम गरिरहेको बताउँदै "रातदिन काम भइरहेको छ, छिट्टै सबै तहमा कर्मचारी व्यवस्थापन पूरा हुनेछ," भन्ने विश्वास दिलाए।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.