१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऊर्जा मन्त्री दीपक खड्काको चेतावनी – निराधार आरोपले विकास र स्थायित्वमा बाधा पुग्छ

    • राजु कुशवाहा राजु कुशवाहा
    • today६ फाल्गुन २०८१

     काठमाडौं, ६ फागुन – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारले लिएका नीति तथा योजनालाई प्रभावित पार्ने उद्देश्यले निराधार आरोप लगाउने प्रवृत्ति मुलुकको स्थायित्व र विकासका लागि घातक हुने चेतावनी दिएका छन्।

    Ad
    Ad
    Ad

    संसद्को माघ २४ गतेको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही प्रश्न उठाएपछि मन्त्री खड्काले कडा प्रतिक्रिया दिएका थिए। सञ्चारमाध्यमहरूमा आएका अपुष्ट समाचारकै भरमा निष्कर्ष निकाल्दा समग्र विकास प्रक्रियामा असर पर्ने उनले बताएका छन्।

    Ad
    Ad
    Ad

    "आरोप प्रमाणसहित ल्याउनुहोस्, म झोला बोकेर हिँड्न तयार छु"

    सांसदहरूले तथ्यमा आधारित र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्दै मन्त्री खड्काले संसद्को गरिमा जोगाउन आग्रह गरे। उनले स्पष्ट शब्दमा भने, "जगदुल्ला आयोजनाको प्रक्रिया मेरो कार्यकालभन्दा अघि नै अघि बढिसकेको थियो। कानुनी र प्रक्रियागत आधारमा ठेक्का रद्द गरिएको हो, जसमा मेरो व्यक्तिगत संलग्नता छैन।"

    Ad
    Ad
    Ad
    Ad

    उनले माओवादी नेतृत्वमा ऊर्जा मन्त्रालय लामो समय रहेको भन्दै विगतका निर्णयहरू पनि समीक्षा गर्नुपर्ने धारणा राखे। "यदि प्रमाणसहित आरोप लगाइयो भने म कुनै पदमा नरहने मात्र होइन, तपाईंहरूको पछाडि झोला बोकेर हिँड्न पनि तयार छु," उनले दोहोर्याए। ऊर्जा विकासलाई राजनीतिकरण गर्नु अनुचित ऊर्जा क्षेत्रमा सरकारले पारदर्शिता र सुशासनलाई प्राथमिकता दिएको दाबी गर्दै मन्त्री खड्काले लोडसेडिङ अन्त्यलाई व्यक्तिगत जसको रूपमा नहेर्न आग्रह गरे।

    डेडिकेटेड र टंक लाइनसम्बन्धी विवादमा बोल्दै उनले विगतका सरकारले समाधान नगरेको विषय अहिले उठाइनु अस्वाभाविक रहेको बताए। "२२ अर्बको विषय उठाइन्छ, तर आठ वर्ष सरकारमा रहँदा किन समाधान गरिएन?" उनले प्रश्न गरे। "निराधार आरोप होइन, प्रमाणका आधारमा छलफल गरौँ" मन्त्री खड्काले निराधार आरोपले संसद्को गरिमा खस्काउने चेतावनी दिँदै भने, "यदि कोही प्रमाणसहित आउन चाहन्छन् भने म सामना गर्न तयार छु। तर, केवल सञ्चारमाध्यममा आएका अपुष्ट समाचारकै आधारमा आरोप लगाइनु स्वीकार्य छैन।"

    ऊर्जा समृद्धिको यात्रामा सबैको सहकार्य आवश्यक ऊर्जा स्रोतको दीर्घकालीन व्यवस्थापन, लगानी प्रवर्द्धन, र नीति सुधारमार्फत देशलाई आत्मनिर्भर बनाउने सरकारको स्पष्ट लक्ष्य रहेको मन्त्री खड्काले बताए। "हामीले ऊर्जा स्रोतको उचित व्यवस्थापन गर्न सक्यौँ भने लाखौँलाई स्वदेशमै रोजगारी दिन सकिन्छ। निरर्थक विवादमा अल्झिनुको सट्टा समाधानमुखी सोच आवश्यक छ," उनले जोड दिए।

    मन्त्री खड्काले नीति-निर्माणलाई दीर्घकालीन हितमा केन्द्रित गर्न आग्रह गर्दै निराधार आरोप र आरोप-प्रत्यारोपले विकास प्रक्रियामा अवरोध ल्याउने मात्र बताए। "अब हामीले काम गर्ने समय हो, अनावश्यक आरोपले देशको भविष्य निर्धारण हुँदैन," उनले निष्कर्ष निकाले।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.