१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य, ठूला जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने : ऊर्जा मन्त्री खड्का

    • मो.सगिर अलि मो.सगिर अलि
    • today२४ माघ २०८१

    काठमाडौं, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का ले आगामी १० वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको महत्वाकांक्षी लक्ष्य रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा कोशी प्रदेशका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूसँग छलफल गर्दै मन्त्री खड्काले ठूला जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढाउन सांसदहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।

    Ad
    Ad
    Ad

    "सरकारले विद्युत् उत्पादनलाई प्राथमिकता दिएको छ, बजार सुनिश्चित भएकाले लगानीकर्ताहरूका लागि यो क्षेत्र भरपर्दो छ," मन्त्री खड्काले भने। उनले लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाउँदै, सरकारी लगानी भए पनि न्यून प्रतिफल दिने परियोजनाहरूको अवस्थालाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। सांसदहरूको सुझाव : स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने आयोजना प्राथमिकतामा राख्नुपर्छ छलफलमा सहभागी पूर्वमन्त्री योगेश भट्टराई ले कोशी प्रदेशको समृद्धिका लागि ऊर्जा र पर्यटनलाई प्रमुख आधार बनाउनुपर्ने बताए।

    Ad
    Ad
    Ad

    उनले तमोर जलाशययुक्त आयोजना सञ्चालन गर्न लगानी जुटाउनुपर्ने सुझाव दिए। उनले पाथिभरा मन्दिरलाई विवादमा नलैजाने र केवलकार निर्माण गरेर आर्थिक समृद्धिमा टेवा पुर्‍याउने धारणा राखे। पूर्वमन्त्री सीता गुरुङ ले सरकारको ऊर्जा विकास मार्गचित्रलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। पूर्वमन्त्री अमललाल मोदी ले सुनसरी–मोरङ सिंचाइ योजनालाई राष्ट्रिय गौरवको आयोजना का रूपमा अघि बढाउनुपर्ने बताए। उनले तराई क्षेत्रमा हरेक वर्ष आउने बाढीको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरे। ऊर्जा क्षेत्रमा सरकारको उच्च प्राथमिकता : राज्यमन्त्री तामाङ राज्यमन्त्री पूर्णबहादुर तामाङ ले सरकार ऊर्जा र सिंचाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य ले ऊर्जा विकास योजनाहरूलाई सफल बनाउन जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

    Ad
    Ad
    Ad
    Ad

    छलफलमा सांसद रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक तथा राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायतले ऊर्जा र सिंचाइ परियोजनाहरूलाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अघि बढाउन सरकारलाई आग्रह गरे। मन्त्री खड्काले अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गर्दै जाने बताएका छन्।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.