२९ मंसिर २०८२, सोमबार / 15 December 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजामती सेवा ऐन पारित गर्न मन्त्री गुप्ताको नेतृत्वमा मन्त्रालय सक्रिय

    • बिराज यादव बिराज यादव
    • today२८ मंसिर २०८१

     काठमाडौं, मंसिर २८ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐनलाई संसदबाट छिट्टै पारित गराउन आफ्नो नेतृत्वको मन्त्रालय पूर्ण सक्रिय रहेको बताउनुभएको छ।

    Ad
    Ad
    Ad

         बागमती प्रदेशस्तरीय स्थानीय तहका असल अभ्यास र सिकाइ अनुभव आदानप्रदान कार्यक्रममा मंगलबार चितवनमा सम्बोधन गर्दै मन्त्री गुप्ताले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने गरी तयार भएको ऐनले तीनै तहको प्रशासनिक द्विविधा अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो।

    Ad
    Ad
    Ad

        "यो विधेयक स्वीकृत भएपछि सङ्घीयता कार्यान्वयनको प्रक्रिया स्पष्ट र प्रभावकारी हुनेछ। मन्त्रालयले सम्पूर्ण शक्ति लगाएर ऐनलाई छिट्टै कार्यान्वयन गराउनेछ," मन्त्री गुप्ताले भन्नुभयो।

    Ad
    Ad
    Ad
    Ad

    राजनीतिक सङ्घीयताको पूर्णता र प्रगतिशील कदम

    सङ्घीयता कार्यान्वयनको सात वर्षमा राजनीतिक सङ्घीयताले पूर्णता पाएको उल्लेख गर्दै मन्त्री गुप्ताले तीनै तहमा संरचना निर्माण, अधिकार व्याख्या, र जनशक्ति व्यवस्थापनमा ठूलो प्रगति भएको बताउनुभयो। उहाँका अनुसार, "तीनै तहमा असल अभ्यास र अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गरी क्षमता विकासलाई अघि बढाउने योजना छ।"

    देशव्यापी अनुभव आदानप्रदान कार्यक्रम सुरू

    मन्त्री गुप्ताले बागमती प्रदेशबाट शुरू गरिएको स्थानीय तहका असल अभ्यास र सिकाइ अनुभव आदानप्रदान कार्यक्रमलाई देशव्यापी बनाउने घोषणा गर्नुभयो। "सातै प्रदेशका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा यो कार्यक्रम पु¥याइनेछ। स्थानीय तहका उपलब्धिहरूलाई एकीकृत गरी नयाँ कार्यक्रम तयार गरिनेछ," उहाँले बताउनुभयो।

    संघीय सरकारको प्राथमिकता

    सङ्घीयता कार्यान्वयन सहजीकरण, तीन तहमा मानव संशाधन व्यवस्थापन, सेवा प्रवाह, र सुशासनको स्थायित्वमा सङ्घीय मामिला मन्त्रालयले विशेष भूमिका खेलिरहेको मन्त्री गुप्ताले जानकारी दिनुभयो। स्थानीय तहका अनुभव र सिकाइमार्फत आगामी योजना निर्माण र कार्यान्वयन सहज बनाइने उहाँको भनाइ थियो।

       कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू र मन्त्रालयका प्रतिनिधिहरूले स्थानीय तहको समस्या र उपलब्धि प्रस्तुत गरेका थिए। यस कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.