२० फाल्गुन २०८२, बुधवार / 04 March 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजामती सेवा ऐन पारित गर्न मन्त्री गुप्ताको नेतृत्वमा मन्त्रालय सक्रिय

    • बिराज यादव बिराज यादव
    • today२८ मंसिर २०८१

     काठमाडौं, मंसिर २८ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐनलाई संसदबाट छिट्टै पारित गराउन आफ्नो नेतृत्वको मन्त्रालय पूर्ण सक्रिय रहेको बताउनुभएको छ।

    Ad
    Ad
    Ad

         बागमती प्रदेशस्तरीय स्थानीय तहका असल अभ्यास र सिकाइ अनुभव आदानप्रदान कार्यक्रममा मंगलबार चितवनमा सम्बोधन गर्दै मन्त्री गुप्ताले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने गरी तयार भएको ऐनले तीनै तहको प्रशासनिक द्विविधा अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो।

    Ad
    Ad
    Ad

        "यो विधेयक स्वीकृत भएपछि सङ्घीयता कार्यान्वयनको प्रक्रिया स्पष्ट र प्रभावकारी हुनेछ। मन्त्रालयले सम्पूर्ण शक्ति लगाएर ऐनलाई छिट्टै कार्यान्वयन गराउनेछ," मन्त्री गुप्ताले भन्नुभयो।

    Ad
    Ad
    Ad
    Ad

    राजनीतिक सङ्घीयताको पूर्णता र प्रगतिशील कदम

    सङ्घीयता कार्यान्वयनको सात वर्षमा राजनीतिक सङ्घीयताले पूर्णता पाएको उल्लेख गर्दै मन्त्री गुप्ताले तीनै तहमा संरचना निर्माण, अधिकार व्याख्या, र जनशक्ति व्यवस्थापनमा ठूलो प्रगति भएको बताउनुभयो। उहाँका अनुसार, "तीनै तहमा असल अभ्यास र अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गरी क्षमता विकासलाई अघि बढाउने योजना छ।"

    देशव्यापी अनुभव आदानप्रदान कार्यक्रम सुरू

    मन्त्री गुप्ताले बागमती प्रदेशबाट शुरू गरिएको स्थानीय तहका असल अभ्यास र सिकाइ अनुभव आदानप्रदान कार्यक्रमलाई देशव्यापी बनाउने घोषणा गर्नुभयो। "सातै प्रदेशका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा यो कार्यक्रम पु¥याइनेछ। स्थानीय तहका उपलब्धिहरूलाई एकीकृत गरी नयाँ कार्यक्रम तयार गरिनेछ," उहाँले बताउनुभयो।

    संघीय सरकारको प्राथमिकता

    सङ्घीयता कार्यान्वयन सहजीकरण, तीन तहमा मानव संशाधन व्यवस्थापन, सेवा प्रवाह, र सुशासनको स्थायित्वमा सङ्घीय मामिला मन्त्रालयले विशेष भूमिका खेलिरहेको मन्त्री गुप्ताले जानकारी दिनुभयो। स्थानीय तहका अनुभव र सिकाइमार्फत आगामी योजना निर्माण र कार्यान्वयन सहज बनाइने उहाँको भनाइ थियो।

       कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू र मन्त्रालयका प्रतिनिधिहरूले स्थानीय तहको समस्या र उपलब्धि प्रस्तुत गरेका थिए। यस कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.