१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "नेता बोकेर सिंहदरबार धाउने परिपाटी तोड्न मन्त्री गुप्ताको कडा चेतावनी"

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२६ मंसिर २०८१

     काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रालयमा समस्या लिएर आउने कर्मचारीले "नेता बोकेर" आउने परिपाटीको कडा आलोचना गर्दै अब यस्ता प्रवृत्तिलाई सह्य नहुने चेतावनी दिनुभएको छ।

    Ad
    Ad
    Ad

       नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री गुप्ताले कर्मचारी प्रशासनिक प्रणाली सुधारका लागि अब आफूले दृढता देखाउने बताउनुभएको हो।

    Ad
    Ad
    Ad

      "मैले पाँच महिना मन्त्रालय सम्हालें, तर अहिलेसम्म कुनै कर्मचारी समस्याको समाधान माग्न एक्लै आएको देखेको छैन," मन्त्री गुप्ताले भन्नुभयो, "जो आए पनि नेताको छत्रछायाँमा आउँछन्। यस्तो प्रवृत्तिले व्यवस्थापकीय अनुशासन बिगार्छ। अब यो क्रम रोक्नैपर्छ।" कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याललाई समेत साक्षी राख्दै मन्त्री गुप्ताले नयाँ ब्याचका प्रशिक्षार्थी कर्मचारीलाई नेतामुखी होइन, कानुनमुखी बन्न निर्देशन दिनुभएको छ।

    Ad
    Ad
    Ad
    Ad

         "तपाईंहरूको यो ब्याचले नेता बोकेर सिंहदरबार धाउने पुरानो परिपाटीलाई तोड्ने विश्वास छ। क्षमता, अध्ययन र जिम्मेवारीप्रतिको लगावले मात्रै सम्मान र सुविधाहरू सुनिश्चित हुन्छन्," उहाँले भन्नुभयो। उहाँले सरकारी कर्मचारीले आफ्नो क्षमता र व्यावसायिकतामा भरोसा राख्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

        "राम्रा कामले मात्रै राष्ट्रको गरिमा जोगिन्छ। तपाईंहरू सक्षम बन्नुभयो भने नेताको मुख ताक्नै पर्दैन," मन्त्री गुप्ताले भने। सरकारले प्रशासनिक सुधार र अनुशासनको पुनर्स्थापनाका लागि अब कुनै पनि दबाब सहने मनस्थिति नराखेको बताउँदै उहाँले आगामी दिनमा कर्मचारीतन्त्रलाई राजनीतिबाट टाढा राख्ने अभियान सुरु हुने संकेत गर्नुभएको छ।

    नयाँ प्रशिक्षणमा सहभागी भएका ३९औँ ब्याचका प्रशिक्षार्थीले मन्त्री गुप्ताको आग्रहलाई कसरी व्यवहारमा उतार्छन् भन्ने कुराले अब कर्मचारीतन्त्रमा सुधारको गति कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.