३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लामिछानेलाई वीरगंज ल्याइयो: सहकारी ठगी प्रकरणमा ८ करोड अपचलनको आरोप, कार्यकर्ता द्वारा विरोध प्रदर्शन।

    • रुस्तम देवान रुस्तम देवान
    • today२४ मंसिर २०८१

     वीरगंज, २४ मंसिर – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौं हुँदै वीरगंज ल्याएको छ। वीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा जिल्ला अदालत पर्साले लामिछानेलाई पक्राउ अनुमति दिएको थियो। उनी विरुद्ध यसअघि काठमाडौं र पोखरामा पनि उजुरी परेका थिए।

    ८ करोड ठगीको आरोप

    लामिछाने सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोपमा पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा सहकारीको करिब ८ करोड रुपैयाँ गोर्खा मिडियामा लगानी गरिएको पाइएको प्रहरीको भनाइ छ।

    रास्वपाको आक्रोशित प्रदर्शन लामिछानेलाई वीरगंज ल्याएपछि रास्वपा पर्साका नेता–कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले लामिछानेलाई तत्काल रिहा गर्न माग गर्दै नारा लगाएका थिए। रास्वपा पर्साका संयोजक हरि पन्तका अनुसार स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्मका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए।

    अन्य दुई पूर्व सञ्चालक पनि पक्राउ

    गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट वीरगंज ल्याइएको छ। दुवैलाई सोमवार बिहान जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइएको प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिएका छन्।

    अदालतको फैसला कुर्दै

    लामिछानेसहितका आरोपीहरूमाथि वीरगंजस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयानपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ। अहिले यो प्रकरणले वीरगंजमा राजनीति र कानुनी वृत्तमा चर्को बहस छेडेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.