१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • क्रिकेटर सना प्रविण र एसईई टप रिया साह सम्मानित, वीरगंजको गौरवको प्रतीक।

    • रबि बर्णवाल रबि बर्णवाल
    • today९ मंसिर २०८१

     वीरगंज, कार्तिक ९ – नेपाली महिला क्रिकेट टोलीलाई विश्वकपको यात्रा नजिक पुर्‍याउन योगदान दिने क्रिकेटर सना प्रविण र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लामै सर्वाेच्च जीपीए ३.९७ ल्याएर कीर्तिमान राख्ने रिया साहलाई वीरगंज महानगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ।

    Ad
    Ad
    Ad

    आज आयोजित एक भव्य समारोहमा महानगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले दुबै प्रतिभालाई नगद र पुरस्कार हस्तान्तरण गरे। सना प्रविणलाई रु ५१ हजार नगद र रिया साहलाई उच्च शिक्षाका लागि प्रोत्साहनस्वरूप ल्यापटप प्रदान गरिएको छ।

    Ad
    Ad
    Ad

    सना प्रविणको कीर्तिमानी यात्रा नेपाली महिला टोलीकी ओपनर साना प्रविणले भर्खर सम्पन्न यू-१९ महिला एसिया क्वालिफायरमा थाइल्यान्डविरुद्ध शानदार अर्धशतक बनाएर नेपालको ऐतिहासिक साझेदारी गर्न सफल भइन्। यो प्रदर्शनले नेपाललाई विश्वस्तरीय प्रतिस्पर्धामा उकास्न मद्दत पुर्‍यायो।

    Ad
    Ad
    Ad
    Ad

    रिया साह: शिक्षा क्षेत्रको प्रेरणा २०८० सालको एसईई परीक्षामा पर्सा जिल्लामै सर्वाेच्च अंक ल्याएर रिया साहले शिक्षामा छोरीहरूले पनि अगाडि बढ्न सक्छन् भन्ने प्रेरणादायक सन्देश दिएकी छिन्। उनको उपलब्धिले पर्साको शैक्षिक उन्नतिमा नयाँ आयाम थपेको छ।

     

      महानगरको बधाई र प्रतिबद्धता

    महानगर प्रमुख सिंहले सना र रियाको सफलतालाई वीरगंजको गौरव भन्दै छोरीहरूको आत्मबल बढाउन महानगरले सधैं साथ दिने बताए। "क्रिकेट र शिक्षामा नयाँ इतिहास बनाएका यी छोरीहरूले वीरगंजको नाम उज्यालो बनाएका छन्," उनले भने।

    उपप्रमुख इम्तियाज आलमले वीरगंजका यस्ता प्रतिभाहरूलाई अझ प्रोत्साहन दिने प्रतिवद्धता जनाउँदै महानगर सदैव अग्रसर रहने बताए।

    समाज परिवर्तनको सकारात्मक पहल

    निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले अभिभावकहरूको सकारात्मक सोच र योगदानको प्रशंसा गर्दै छोरीहरूलाई पढाइ र खेलकुदमा अघि बढाउन सबैले उत्साह दिनुपर्ने धारणा व्यक्त गरे।

    क्रिकेट संघको आग्रह नेपाल क्रिकेट संघ, पर्साका अध्यक्ष मनिष सिंहले साना प्रविणको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको भन्दै क्रिकेट विकासमा थप सहयोगको अपिल गरे। यो सम्मान समारोहले वीरगंज महानगरलाई छोरीहरूको सफलताका लागि प्रेरणादायी केन्द्रका रूपमा प्रस्तुत गरेको छ। साना प्रविण र रिया साहको यो सफलता पर्सा र नेपालका लागि ऐतिहासिक छ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.