१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today४ मंसिर २०८१

    वीरगंज | मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होविन्द्र बोगटीले साइबर अपराधको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

    प्रसाईँले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘कम्बोडियामा लगानी’ रहेको दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए। उनले ‘ओलीको सिग्नेचर’ भन्दै एउटा कागजातसमेत सार्वजनिक गरेका थिए। तर, उक्त सिग्नेचर ओलीको नभएको र दुर्गा प्रसाईँले भ्रामक सूचना फैलाएको आरोप लगाउँदै एमालेका नेता तथा कार्यकर्ताले उनलाई पक्राउ गर्न माग गरेका थिए।

    Ad
    Ad
    Ad

    यसै विषयमा उनलाई पक्राउ गरिएको अनुमान गरिएको छ। यद्यपि, यो प्रकरणमा औपचारिक पुष्टि भइसकेको छैन।

    Ad
    Ad
    Ad
    Ad

    प्रसाईँ यसअघि पनि पक्राउ परिसकेका छन्। गत असोज ६ गते साइबर ब्युरोले उनलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो। विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा काठमाडौँ जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर असोज १५ गते उनलाई रिहा गरेको थियो।

    साइबर अपराधसम्बन्धी मुद्दाहरूमा बारम्बार विवादमा तानिँदै आएका प्रसाईँको पछिल्लो गिरफ्तारीले फेरि चर्चा पाएको छ। प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.