२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रवि लामिछानेसँग आज पनि बयान लिइने

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२९ कार्तिक २०८१

    वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार पनि बयान लिँदैछ।

    Ad
    Ad
    Ad

    बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको खातामा पैसा आएको देखिएपछि अनुसन्धानका लागि कास्कीबाट उनलाई मंगलबार रूपन्देही लगिएको थियो।

    Ad
    Ad
    Ad

    सोही प्रकरणमा तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालयले उनको लिखित बयान लिँदैछ।

    Ad
    Ad
    Ad
    Ad

    बिहान सवा १० बजेबाट लामिछानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिने तयारी छ। बयान सकिएपछि लामिछानेलाई बिहीबार नै कास्की पठाइने रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए ।

    सरकारी न्यायाधिवक्ता प्रेमराज पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतले लिखित बयान लिइरहेका छन्।

    बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको छ ।

    लामिछानेलाई बयानका लागि रूपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गर्ने गरेका छन्। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको एक सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ।

    बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

    पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

    प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो।

    अहिले सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन्। कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।

    रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ गरी कास्की लगिएको थियो। उनीमाथि कास्की जिल्ला अदालतबाट चौथो पटक म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.