२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपा सभापति लामिछाने थप अनुसन्धानका लागि रुपन्देही लगिँदै

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगञ्ज । सहकारी ठगी र सङ्गठित अपराधमा संलग्न भएको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लगिने भएको छ। कात्तिक २ गते पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछाने २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन्।

    Ad
    Ad
    Ad

    आइतबार मात्रै कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएपछि प्रहरीको तयारीमा लामिछानेलाई रुपन्देही पठाउने निर्णय भएको हो। बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुसन्धानका लागि लामिछानेलाई पक्राउ अनुमति दिइसकेको छ।

    Ad
    Ad
    Ad

    रुपन्देही प्रहरीका अनुसार कास्की प्रहरीसँगको समन्वयमा मंगलबार भैरहवामा हवाईमार्गबाट ल्याउने योजना छ। आइतबार ल्याउने तयारी भए पनि उडान परिवर्तन भएपछि मंगलबार ल्याउन लागिएको रुपन्देही प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

    Ad
    Ad
    Ad
    Ad

    सुरक्षा व्यवस्थाका लागि रुपन्देही प्रशासनले दुवै पक्षले गर्न सक्ने सम्भावित प्रदर्शनलाई ध्यानमा राखी आवश्यक परे निषेधित क्षेत्र घोषणा र व्यापक प्रहरी परिचालनको तयारी गरेको छ।

    रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने, जीवी राईसहित १२ जनालाई अनुसन्धानका लागि पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो। संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनअनुसार सुप्रिम सहकारीबाट २ करोड लामिछानेको नाममा र १४ करोड २९ लाख अन्य व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा खर्च गरिएको उल्लेख छ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.