२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेशी जनताको हक र अधिकार प्राप्तिको संघर्ष जारी छ: जसपा अध्यक्ष उपेन्द्र यादव

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    रौतहट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अझैसम्म आफ्ना हक, अधिकार र प्रतिनिधित्व प्राप्त गर्न नसकेको बताएका छन्। सोमबार गढीमाई नगरपालिकामा जसपा नेपाल रौतहटले आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष यादवले राज्यका सबै क्षेत्रमा सम्मानजनक भागीदारी, प्रतिनिधित्व, अवसर, तथा मधेशी जनताको शासन र प्रशासनमा सहभागितासहितको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताए।

    Ad
    Ad
    Ad

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले राज्यले मधेश र मधेशी जनतालाई सधैं अपेक्षा गरेको कारण मधेशमा अपेक्षित विकास नभएको बताए। उनले मधेशमा देशको आधाभन्दा बढी जनसंख्या रहेकाे भए पनि जनसंख्याको आधारमा विकास बजेट नछुट्याइँदा मधेश पछाडि परेको र विकासको गति अवरुद्ध भएको धारणा व्यक्त गरे।

    Ad
    Ad
    Ad

    “मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भए पनि शासक वर्गले विकासका लागि जम्मा १२ प्रतिशत मात्र बजेट छुट्याएको छ,” यादवले भने। “यसको परिणामस्वरूप मधेशको विकासमा ठूलो अवरोध भइरहेको छ।”

    Ad
    Ad
    Ad
    Ad

    यादवले राज्यले मधेशमा पर्याप्त लगानी नगरेको र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाउँदै भने, “मधेशी जनताले मधेशबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म पूर्ण अधिकार पाउने स्थिति आउने छैन।” उनले मधेशी, जनजाति, आदिवासी, थारु, मुस्लिमजस्ता समुदायलाई भोटका लागि प्रयोग गरिने तर अधिकार नदिइने कुरा उल्लेख गरे।

    अध्यक्ष यादवले आगामी निर्वाचनमा मधेशी जनताको माग र मुद्दा विर्सने शासक वर्गलाई मत नदिन आग्रह गरे। “३५ वर्षदेखि सत्ता सञ्चालन गर्दै आएका कांग्रेस र कम्युनिष्टले देशलाई विकास गर्नुको सट्टा लुटतन्त्रमा लागेका कारण देश चरम गरिबीमा फसेको छ,” उनले भने।

    कार्यक्रममा जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशका पूर्वराज्यमन्त्री शेख फूलबाबु, पूर्वप्रदेश सांसद रामकिशोर राय यादवलगायत नेताहरूले आ–आफ्ना मन्तव्य राखेका थिए।

     

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.