३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मंसिर १६ मा स्थानीय तह उपनिर्वाचन, ४४ पदका लागि निर्वाचन हुने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ कार्तिक २०८१

    वीरगञ्ज । आगामी मंसिर १६ गते देशभरका विभिन्न स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुने भएको छ। कुल ४४ पदमा हुने यो उपनिर्वाचनमा जिल्ला समन्वय समिति प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख, र वडाध्यक्ष पदहरू समावेश छन्।

    Ad
    Ad
    Ad

    निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरप्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ। यस्तै, दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदमा पनि निर्वाचन हुने आयोगले जनाएको छ।

    Ad
    Ad
    Ad

    कुल ३४ वडाध्यक्ष पदको लागि पनि निर्वाचन हुने छ, जसमा सिरिजङ्गा, कन्काई, लालीगुराँस, गढी, मोलुङ, त्रियुगा, बेलका, डाक्नेश्वरी, धनुषाधाम, रामगोपालपुर, ईशनाथ, राजपुर, गढीमाई, ककनी, हेटौँडा, गोरखा, मुसिकोट, रुन्टीगढी, ठाकुरबाबा, पुथा उत्तरगङ्गा, शुद्धोधन, दुल्लु, तिलागुफा, कुशे, त्रिपुरासुन्दरी, सानीभेरी, सुर्मा, पूर्वीचौकी, दुहुँ, भीमदत्त नगरपालिकाका वडाध्यक्ष पद रहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    उम्मेदवारी दर्ता मंसिर २ मा

    Ad

    निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ। बिहान १० बजेबाट अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता खुला रहनेछ भने साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ। मंसिर ३ गते विरोध उजुरी दिने समय दिइनेछ, जसको जाँचबुझ गरेर मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंसिर ५ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

    खर्च सीमा

    निर्वाचन आयोगले उम्मेदवारहरूलाई आ-आफ्नो पदको आधारमा खर्च सीमा तोकेको छ। नगरप्रमुख तथा उपप्रमुखका उम्मेदवारले चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार, नगरपालिकाका वडाध्यक्षले दुई लाख र गाउँपालिकाका वडाध्यक्षले एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन्।

    २५ दलको सहभागिता

    उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपालसहित २५ दलले सहभागिता जनाउने छन्। आयोगमा दर्ता भएका २६ दलमध्ये २५ दलले रीत पूरा गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.