५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली कांग्रेसद्वारा दिपावली तथा छठ पर्वको अवसरमा विशेष शुभकामना कार्यक्रम सम्पन्न।

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१७ कार्तिक २०८१

    पर्सा, नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१, पर्साले दिपावली तथा छठ पर्वको अवसरमा विशेष शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रम नेपाली कांग्रेसका संविधानसभा सदस्य अनिल रुङ्गटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रुङ्गटाले भने, "नेपाली कांग्रेस संविधान र बिधानअनुसार चल्ने संगठन हो। आगामी चुनावमा कुनै गठबन्धन नगरी एकलै प्रतिस्पर्धा गर्ने तयारीमा छौं।" उनले आगामी दिनमा पार्टीलाई अनुशासित बनाउँदै जनताका हरेक समस्यामा साथ दिने प्रतिबद्धता जनाए।

    Ad
    Ad
    Ad

    त्यस्तै, प्रदेश सरकारका कृषि तथा वातावरण मन्त्री जनार्दन सिंह क्षेत्रीले नेपाली कांग्रेस जनताको मनका कुरा बुझ्ने पार्टी भएको भन्दै, "जनताको समस्या समाधानमा नेपाली कांग्रेस सधैं तयार रहन्छ," भन्दै छठ र दिपावलीको शुभकामना व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रमका विशिष्ट अतिथिका रूपमा पर्सा जिल्लाका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी, तरुण दल पर्साका जिल्ला अध्यक्ष विकास तिवारी, र बिभिन्न स्थानीय नेताहरूको उपस्थिति थियो।

     

    जिल्ला सचिव तथा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो मन्तव्यमा कार्यकर्ताहरूलाई कुनै भ्रममा नपर्न र केन्द्रले गरेको निर्देशन पालना गर्न आग्रह गर्दै शुभकामना दिएका थिए। उनले समस्याका बेला आफू सधैं उपलब्ध हुने आश्वासन पनि दिए।

    यस विशेष कार्यक्रममा उपस्थित सम्पूर्ण नेताहरूले मिलेर दिपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान गर्दै एकताका लागि प्रतिबद्धता जनाएका थिए।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.