२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तराई मधेश समृद्धि कार्यक्रमका लागि अस्थायी दरबन्दी स्वीकृत, तीन सीमा प्रशासन कार्यालय खारेज।

    • बिराज यादव बिराज यादव
    • today१० कार्तिक २०८१

     काठमाडौं – सरकारले तराई मधेश समृद्धि कार्यक्रमलाई थप सशक्त बनाउने उद्देश्यले तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रमका लागि अधिकृतस्तरमा अस्थायी दरबन्दी स्वीकृत गरेको सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो।

    Ad
    Ad
    Ad

       तराई मधेशका पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधार र मानव विकास सूचकांक सुधारका लागि सरकारद्वारा यो कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रमले आर्थिक, सामाजिक रूपान्तरण र जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। साथै, मन्त्रिपरिषद्ले दार्चुलाको छाङरु र इलामको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय र पशुपतिनगरकै अध्यागमन कार्यालयलाई खारेज गर्ने निर्णय गरेको छ।

    Ad
    Ad
    Ad

        त्यस्तै, मुस्ताङको कोरोलास्थित अध्यागमन कार्यालय, दार्चुलाको टिंकरस्थित सीमा प्रशासन कार्यालय, र इलामको पशुपतिनगरस्थित सङ्गठन संरचना र दरबन्दीको व्यवस्थापनमा पनि पुनःसंरचना गर्न निर्णय गरिएको छ। सरकारको यस निर्णयले मधेश क्षेत्रको विकासमा नयाँ ऊर्जा थपिने र सीमान्तकृत क्षेत्रमा सेवाप्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.