२४ असार २०८२, मंगलबार / 08 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल निर्माण व्यवसायी संघ पर्साद्वारा दीपावली तथा छठ पर्वको अवसरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न।

    • अमन गुप्ता अमन गुप्ता
    • today१० कार्तिक २०८१

     वीरगञ्ज, पर्सा – नेपाल निर्माण व्यवसायी संघ पर्साले दीपावली र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    Ad
    Ad

    ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रमुख सिंहले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै निर्माण व्यवसायीहरूको भवन निर्माणका लागि २० लाख रुपैयाँसम्मको आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो। उहाँले भने, "बिरगञ्जको समग्र विकासमा निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको छ, त्यसैले हामी यस अभियानलाई सशक्त बनाउन कुनै कसर बाँकी राख्ने छैनौं।"

    Ad
    Ad

    उपप्रमुख इम्तियाज आलमले पनि निर्माण व्यवसायीहरूलाई महानगरको साथ र सहयोग रहने बताउँदै संयुक्त प्रयासमा अगाडि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा लगभग २०० भन्दा बढी व्यक्तिहरूले रक्तदान गरे, जसलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख र उपप्रमुखको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।

    Ad

    नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष सुरेश प्रसाद यादवले रक्तदान कार्यक्रमको सफलता र स्थानीयको सक्रिय सहभागिता प्रति खुशी व्यक्त गर्दै समाजसेवाका यस्ता कार्यक्रमहरूलाई अझ सशक्त बनाइने बताउनुभयो। विशिष्ट अतिथिहरूमा संघका नवनिर्वाचित अध्यक्ष रमाकान्त प्रसाद चौरसिया, पूर्व अध्यक्ष रमेश पाण्डे र मोहन यादवलगायत विभिन्न समाजसेवी र वडा अध्यक्ष हिरालाल गिरीको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुरेश प्रसाद यादवले गर्नुभएको थियो भने संघका उपाध्यक्ष ज्ञानेन्द्र मिश्राले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रम सञ्चालन संजय पटेलले गरेका थिए। महानगरका उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले कार्यक्रमको विस्तृत जानकारी दिएका थिए।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.