३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल निर्माण व्यवसायी संघ पर्साद्वारा दीपावली तथा छठ पर्वको अवसरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न।

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१० कार्तिक २०८१

     वीरगञ्ज, पर्सा – नेपाल निर्माण व्यवसायी संघ पर्साले दीपावली र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रमुख सिंहले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै निर्माण व्यवसायीहरूको भवन निर्माणका लागि २० लाख रुपैयाँसम्मको आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो। उहाँले भने, "बिरगञ्जको समग्र विकासमा निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको छ, त्यसैले हामी यस अभियानलाई सशक्त बनाउन कुनै कसर बाँकी राख्ने छैनौं।"

    Ad
    Ad
    Ad

    उपप्रमुख इम्तियाज आलमले पनि निर्माण व्यवसायीहरूलाई महानगरको साथ र सहयोग रहने बताउँदै संयुक्त प्रयासमा अगाडि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा लगभग २०० भन्दा बढी व्यक्तिहरूले रक्तदान गरे, जसलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख र उपप्रमुखको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष सुरेश प्रसाद यादवले रक्तदान कार्यक्रमको सफलता र स्थानीयको सक्रिय सहभागिता प्रति खुशी व्यक्त गर्दै समाजसेवाका यस्ता कार्यक्रमहरूलाई अझ सशक्त बनाइने बताउनुभयो। विशिष्ट अतिथिहरूमा संघका नवनिर्वाचित अध्यक्ष रमाकान्त प्रसाद चौरसिया, पूर्व अध्यक्ष रमेश पाण्डे र मोहन यादवलगायत विभिन्न समाजसेवी र वडा अध्यक्ष हिरालाल गिरीको उपस्थिति रहेको थियो।

    Ad

    कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुरेश प्रसाद यादवले गर्नुभएको थियो भने संघका उपाध्यक्ष ज्ञानेन्द्र मिश्राले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रम सञ्चालन संजय पटेलले गरेका थिए। महानगरका उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले कार्यक्रमको विस्तृत जानकारी दिएका थिए।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.