३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रवि लामिछानेको आक्रोश: "सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!"

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२ कार्तिक २०८१

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालको सरकारप्रति कडा प्रहार गर्दै आफ्नो सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्। उनले सरकारलाई तस्कर र भ्रष्टाचारको सञ्जालमा फसेको आरोप लगाउँदै आफूलाई बलिको बोको बनाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

    Ad
    Ad
    Ad

    लामिछानेले लेख्छन्, “तपाईंको हातमा तस्करले दिएको करोडौंको घडी, मेरो हातमा हतकडी? तपाईंले विचौलियाको सेवा गरेर लाखौंको चस्मा र जुत्ता लगाउन पाउनुहुन्छ, तर मुद्दा म खेप्नुपर्छ? तपाईंले प्रमाणित भ्रष्टाचारीबाट खुलेआम करोडौंको जग्गा लिनुहुन्छ, तर मलाई ठगीको आरोप खेप्नुपर्छ?”

    Ad
    Ad
    Ad

    लामिछानेले भ्रष्टाचारको मुद्दामा वर्तमान सरकारलाई जिम्मेवार ठहराउँदै भने, “तिमीहरू राज्यको सबै शक्ति प्रयोग गरेर अनुसन्धान गर्छौ, केही भेट्दैनौ, अनि तिमीहरूको दुई तिहाइको सरकार जोगाउन मलाई बलि चढाउनु पर्छ? तिमीहरूका नेता मिलेर सहकारीमा ८७ अर्ब अपचलन गर्दा पनि मैले सहकारी ठगीको आरोप खेप्नुपर्छ?” उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आरोप लगाए, “ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तर तिनै भ्रष्टाचारी जोगाउन तपाईंले रातारात विचौलियालाई साक्षी राखेर अफर लिनुभयो। मेरो बलि चढाउने सम्झौता त्यही रात गरियो।”

    Ad
    Ad
    Ad
    Ad

         लामिछानेले सहकारी घोटालामा संलग्न भएका व्यक्तिहरूलाई जोगाउन सरकार लागेको आरोप लगाउँदै भने, "तपाईंहरूका दलका नेताहरू प्रमाणित सहकारी ठग हुन्। कोही जेलमा छन्, कोही फरार छन्। तपाईंहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।" लामिछानेले सरकारको अन्त्यको शुरुवात भएको दाबी गर्दै भने, “तिमीहरूको दिनगन्ती शुरू भएको छ। कानुनलाई म सघाउँछु, तर अन्त्य हामी गर्नेछौं।

    Ad

    नेपाली जनताले छिट्टै तिमीहरूको कुनीतिलाई रसातलमा पुर्‍याउनेछन्।” अन्त्यमा उनले आफ्नो पार्टीका सदस्यहरूलाई आग्रह गर्दै भने, “शिर ठाडो राख्नुहोस्, तपाईंहरूको सभापतिले कसैलाई ठगेको छैन। न्यायलय र जनता प्रती मेरो भरोसा छ। सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो, तर अन्तिम जित हाम्रो हुनेछ।”

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.