३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्तासँग सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन समितिको छलफल ।

    • अशोक यादब अशोक यादब
    • today१६ भदौ २०८१

    काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आइतबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

    Ad
    Ad
    Ad

         समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीहरूको तथ्यगत विवरण प्राप्त गर्ने सम्बन्धमा आकस्मिक रूपमा छलफल र अन्तर्क्रिया भएको हो । बैठकमा मन्त्री गुप्तासहित मन्त्रालय सचिव भरतमणि सुवेदी‚ नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, उपाध्यक्ष एवं प्रवक्ता पुरुषोत्तम कार्कीसँग छलफल भएको हो ।

    Ad
    Ad
    Ad

              ‘बैठकले देशका ७५३ वटा स्थानीय तह तथा ७ वटा प्रदेशका अधिकारीहरूलाई यसअघि माग गरिएको विवरण गुगल फाराम भरी यथाशीघ्र ५ दिनभित्र उपलब्ध गराउन पुनः समय दिने, त्यसको संयोजन मन्त्रालयको तहबाट गरिदिन मन्त्रीज्यू र सचिवज्यूलाई विशेष निर्देशन दिने निर्णय गरेको छ‚’ उनले भने । पाँच दिनपछि प्राप्त हुने विवरण प्रतिवेदनमा समेट्न नसकिने र माग गरिएको विवरण नपठाउने सरकारी अधिकारीलाई कानुनबमोजिम जिम्मेवार ठहर्‍याउने गरी आवश्यक निर्णय लिन छानबिन विशेष समिति बाध्य हुने उनले बताए ।

    Ad
    Ad
    Ad
    Ad

           ‘नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्वलाई उक्त कार्यमा अत्यावश्यक सहजीकरण र समन्वय गरेर सहयोग पुर्याउन पनि अनुरोध गरिएको छ‚’ उनले भने ।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.