२० जेठ २०८३, बुधवार / 03 June 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘नयाँ सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व वृद्धि भयो’

    • राजु कुशवाहा राजु कुशवाहा
    • today७ भदौ २०८१

    काठमाडौँ, भदौ ७ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले गत आर्थिक वर्षको साउन महिनामा सङ्कलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक सङ्केतहरु देखापरेको दाबी गर्नुभयो ।

    Ad
    Ad
    Ad

          अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । बजेटले लिएको राजस्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताउनुभयो । उहाँले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका सङ्केतहरु देखिएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताउनुभयो । उहाँले भुक्तानी सन्तुलनमा अनुकूल अवस्थामा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरुले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकूल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको सङ्केत गरेको जानकारी दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन, रोजगारीको कमी रहेको उल्लेख गर्नुभयो । ‘‘अर्थतन्त्रका सूचकहरुले पनि वर्तमान सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकूल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको सङ्केत गरेको छ ।

    Ad
    Ad
    Ad

         अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई यही गतिमा अगाडि बढाएर लैजान्छ । मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर आइसकेको छैन ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘समग्र मागमा, उत्पादन, रोजगारी कमी छ । उद्योगहरु ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । राजस्वले साधरणखर्च धान्नुपर्ने अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ ।’’ अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राख्नुभयो । उहाँले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हाेसियार हुन आवश्यक देखिएको उल्लेख गर्नुभयो । सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीका लागि अर्थ मन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाइ छ । उहाँले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताउनुभयो ।

    Ad
    Ad
    Ad
    Ad

        उहाँले सरकारले निर्माण व्यवसायीहरुको क्रमशः भुक्तानी गर्दै आएको भन्दै जुनसुकै रुपमा भएपनि भुक्तानी नरोक्ने पुनः प्रतिबद्धता जनाउनुभयो । सरकारले बनाउने कानुनहरु व्यवसायीहरुमाथि लाद्ने दृष्टिकोण नभएको उल्लेख गर्नुभयो । उहाँले कानुनहरुलाई व्यवसायीहरुका मागलाई सुन्ने र व्यवसायीमैत्री बनाउने योजनामा रहेको भन्दै निजी क्षेत्रको लगानी सङ्कुचन हुनेगरी कानुन नबनाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको महत्त्व बुझेको भन्दै निजी क्षेत्रको भूमिकालाई कमजोर बनाउने काम नगर्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकार र मन्त्रीहरुलाई समय खेर फाल्ने छुट नभएको भन्दै परिणाम आउने गरी काम गर्ने बताउनुभयो ।

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.