१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • परराष्ट्र मन्त्रीलाई भारतले दिएको सम्मानले ओलीलाई झस्काएको छः प्रचण्ड

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today५ भदौ २०८१

               नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले गरेको सम्मानले गठबन्धनमा अन्तरविरोध पैदा गर्न सक्ने विश्लेषण गरेका छन्। बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठकमा अध्यक्ष प्रचण्डले यो गठबन्धन लामो नजानेसमेत विश्लेषण सुनाए।

    Ad
    Ad
    Ad

             ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो देओस् भनेर त्यसैका लागि परराष्ट्र मन्त्री जानुभएको थियो। तर भारतले परराष्ट्र मन्त्रीलाई नै प्रधानमन्त्री सरहको महत्त्व र सम्मान दियो। यसले प्रधानमन्त्रीलाई झस्काएको हुनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई जनमत र अन्तर्राष्ट्रिय शक्ति कसैले पनि नरूचाएकाले यसको भविष्य लामो हुन नसक्ने तर्क गरेका थिए। केन्द्रीय कमिटी बैठकका लागि माओवादी केन्द्रले प्रदेशमा तयारी भेला राखिरहेको छ।   

    Ad
    Ad
    Ad

               बागमतीको भेला भोलिसम्म चल्ने केन्द्रीय सदस्य लेखनाथ दाहालले जानकारी दिए। Laxmi bank उनका अनुसार बागमतीमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ११९ जना छन्। त्यसमध्ये ४१ जनाले आफ्ना धारणा राखेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन्। 

    Ad
    Ad
    Ad
    Ad

           यो उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने छिन्।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.