२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रपति रामचन्द्र पौडेलले तोके मन्त्रीहरूको मर्यादाक्रम

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२५ श्रावण २०८१

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेका हुन्।

    Ad
    Ad

    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मर्यादाक्रमअनुसार क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहनुभएको जानकारी दिइन्।

    Ad
    Ad

    प्रवक्ता भट्टराईका अनुसार त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रहेका छन्।

    Ad

    त्यसपछि क्रमशः परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी छन्। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल त्यसपछिको मर्यादाक्रममा छन्।

     मर्यादाक्रम अनुसार यातायातमन्त्री दाहालपछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया छन्।

    त्यसपछि क्रमशः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबाहादुर शाही ठकुरी रहेका छन्।

    ताजा सूचना

    • वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
    • राष्ट्रपति र सेनापतिसँग वार्ताका लागि डिस्कोर्डमा जेनजीको बैठक जारी, ३२ सय सहभागी
    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.