२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • थारु समुदाय सम्बद्ध सम्पदाहरुको संरक्षण गर्ने मन्त्री राजकुमार गुप्ताको प्रतिवद्धता ।

    • बिराज यादव बिराज यादव
    • today२३ श्रावण २०८१

    काठमाडौ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ३० औं विश्व आदिवासी दिवसको सन्दर्भमा थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा थारु आयोग एक संवैधानिक आयोग रहेको बताएका छन् । मन्त्री गुप्ताले यो आयोगको काम कर्तव्य तथा अधिकार विभिन्न ऐन नियम बमोजिम हुने कुरा बताउनु भएकोछ ।

    Ad
    Ad
    Ad

              नेपालको पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर जिल्लासम्म तराईको समथर भूभागमा मूलबासीको रुपमा रहेका १८ लाख भन्दा बढी जनसंख्या रहेको थारु समुदायको हकहित, अधिकार, सरंक्षण, सम्बर्द्धन एवम् विकासका लागि आयोगले यस मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस तथा सुझाव दिने कार्य समेत गर्दै आइरहेको कुरामा म स्पष्ट रहेको उहाँले बताउनु भएको छ ।

    Ad
    Ad
    Ad

             थारु आयोगले आयोजना गरेको ३० औं विश्व आदिवासी दिवसको कार्यक्रममा यस आयोगले ७ वटै प्रदेश भित्र पर्ने थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन खोज अनुसन्धान गरी संगालोको रुपमा प्रतिवेदन प्रकाशन गरेकोमा आफूलाई खुसी लागेको पनि उहाँले बताउनु भएकोछ ।

    Ad
    Ad
    Ad
    Ad

    मन्त्री गुप्ताले विश्वास छ यो प्रतिवेदन आम थारु समुदाय लगायतको लागि अध्ययन अनुसन्धानकर्ताहरुको लागि अवश्य पनि ढोका खोल्नेछ भने आफू विश्वस्त रहेको बताएका छन् । सम्पदा मुलुकका अमूल्य नीधि र यसले भावी पुस्तालाई आफ्ना पुर्खाहरुको बारेमा बुझ्न मदत गर्दछ र संस्कृतिबाट संस्कारिता हुन् सम्पदा चाहिन्छ भने बताउनु भयो ।

    हाल जनसंख्या बढ्दै गयो गाउँ बस्ती बढ्दै गए र हिजोका सार्वजनिक सम्पदाहरु हराउन लागेको छ । थारु आयोगले थारु सम्पदाहरुको खोजी गरी आफ्ना पुर्खाहरुको सम्पदाहरूको संरक्षण गर्ने जमर्कोका साथ यी सम्पदाहरुको संगालो तयार गरेकोमा मन्त्री गुप्ताले आभार प्रकट गरे । थारु समु‌दाय सम्बद्ध सम्पदाको खोजबिन गरी त्यस्ता पुरातात्विक र ऐतिहासिक संरचना , वस्तु र स्थलहरू संरचना र सम्बर्द्धन गरी थारू समुदायको इतिहास र संस्कृतिको पहिचान हकहितको संरक्षण र सम्बर्द्धन गरी पुस्तकको रुपमा प्रकाशन गरेको यस प्रतिवेदन आकर्षक र खोजमूलक रहेको बताएका छन् ।

            साथै मन्त्री गुप्ताले आफू सम्पर्क मन्त्रालयको मन्त्रीको हैसियतले संघ, प्रदेश र स्थानीयतहहरु मार्फत नेपाल सरकारलाई सिफारिस गरिने थारु समुदाय सम्बद्ध सम्पदाहरुको संरक्षण सम्बर्द्धन एवम् विकासको लागि सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्री गुप्ताले सम्पदाहरुको अध्ययन गरी प्रतिवेदन प्रकाशन गर्ने थारु आयोग र यसका अध्ययन अनुसन्धानकर्ता प्रति हार्दिक आभार प्रकट गर्दै साथै आयोगका अध्यक्षलगायत वहाँका सम्पूर्ण टिमप्रति समेत आभार व्यक्त गर्नु भयो ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.