२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

    • कुन्दन कुमार साह कुन्दन कुमार साह
    • today१९ असार २०८१

    अग्निपथ मिडिया 

    Ad
    Ad

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार माधवकुमार नेपाल पक्षका केही नेतालाई दलभित्रको जिम्मेवारीबाट मुक्त गरिदिएपछि त्यसले उक्त समूहभित्र एउटा तरङ्ग ल्याइदिएको छ।

    Ad
    Ad

    सर्वोच्च अदालतले तत्कालीन नेकपा र नेकपा माओवादी केन्द्र अलगअलग दल कायम रहने निर्णय गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित अन्य नेता तथा कार्यकर्ताले पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोडेर एमालेमै फर्किनुपर्ने परिस्थिति उत्पन्न भएको थियो।

    Ad

    ओलीपक्षीय नेताले पार्टीलाई सुदृढ बनाउने उद्देश्यले "जिम्मेवारीमा फेरबदल" गरिएको तर्क गरिरहेका छन् भने नेताद्वय नेपाल र झलनाथ खनाल पक्षले "विधानविपरीत" कदम भनिरहेको छ।

    प्रधानमन्त्रीले बालुवाटारमा केन्द्रीय समितिको बैठक बसी विभागीय प्रमुख तथा प्रदेश इन्चार्ज रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएका थिए।

    माओवादी केन्द्रबाट आएका करिब दुई दर्जन नेतालाई केन्द्रीय समितिमा मनोनीत पनि गरेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराएका थिए।

    • नेपाली राजनीतिमा कुन पात्र कस्तो स्थितिमा
    • नेकपा एमालेको नेपाल-खनाल समूहले डाक्यो राष्ट्रिय कार्यकर्ता भेला

    त्यसको भोलिपल्ट अर्थात्‌ शनिवार दिउँसो बसेको नेपाल-खनाल पक्षको बैठकले चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको सो समूहका स्थायी समिति सदस्य भीम रावलले बीबसी न्यूज नेपालीलाई बताए।

    "नेपालका कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने र देश तथा जनताको शक्तिलाई कमजोर पार्ने उहाँको कामबाट जुन देखिएको छ त्यसलाई विफल पार्न कसरी अगाडि बढ्ने भन्नेबारे भेलाले निष्कर्ष निकाल्नेछ।"

    राजनीतिशास्त्री के भन्छन्?

    आफूबाहेक अरू पनि अस्तित्वमा रहेको कुरा प्रधामन्त्री ओलीले नदेख्ने गरेको राजनीतिशास्त्री कृष्ण खनालको ठम्याइ छ। "स्वाभाविक रूपमा आफ्नो समूहलाई कन्सोलेट गर्ने, अरू आए आऊन् र नआए नआऊन् भन्ने हिसाबले गएको म देख्छु," खनालले बीबीसी न्यूज नेपालीसित भने विभाजित पार्टीमा गुटहरूले गर्ने कुराभन्दा बढी केही पनि नभएको उनी तर्क गर्छन्। "अहिले न हिजोको एमाले नै अस्तित्वमा देखिन्छ न नयाँ एमाले नै बनिसकेको देखिन्छ। त्यो अवस्थामा टुक्राटाक्री बटुल्ने र जसले जति सक्छ त्यति गर्ने भन्ने देख्छु म त," उनले थपे।

    नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषिराम कट्टेलको पक्षमा फैसला, नेकपा 'एकीकरणपूर्व अवस्थामा'

    • नेकपा नाम विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाका तीन मुख्य बुँदा

    प्रधानमन्त्रीले पछिल्लो समय चालेको कदमले कुनै उपलब्धिमूलक ठाउँमा नपुर्‍याउने अर्का राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइ छ। "माओवादी केन्द्रबाट आएकाहरूलाई कारबाही हुँदा उनीहरूको सांसद पद जान्छ। त्यसैगरी आउन तयार आफ्नै पार्टीका नेतालाई टाढा पार्दा एउटा गुट त बलियो होला तर समग्रमा त्यसले एमालेलाई हित गर्दैन," उनले भने। पोखरेलका अनुसार अर्को पक्षको रणनीति जान्नलाई पनि प्रधानमन्त्रीले जिम्मेवारीबाट मुक्त गरेको कुरा नियतवश बाहिर ल्याएका पनि हुन सक्छन्।

    "मेरा विरोधीहरू कति पानीमा छन्, उनीहरूको सम्भावित कदम के हुन सक्छ भन्ने कुराको आकलन गर्ने सोच पनि हुन सक्छ।" प्रधानमन्त्री ओलीको पछिल्लो कदमले नेपाल-खनाल पक्ष र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नयाँ खालको ध्रुवीकरणमा जाने सम्भावनाको ढोका पनि खोलिदिएको राजनीतिशास्त्री पोखरेलको ठम्याइ छ।

    • माओवादी केन्द्रका नेता नेकपा एमालेबाट फर्किने सम्भावना कति
    • नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    शुक्रवारको कदममार्फत्‌ प्रधानमन्त्री ओलीले "मुलुकमा आफ्नो औचित्य समाप्त भएको" भन्ने सन्देश दिएको राजनीति टिप्पणीकार हरि रोक्काको तर्क छ। "माधव नेपाल समूहलाई आफूभित्र प्रवेश गर्न नदिने खालको जुन तिकडम ओलीले गरे त्यसले आफूभित्र रहेका लगभग ४० प्रतिशत सदस्यले पनि उनलाई प्रधानमन्त्रीका लागि अब भोट हाल्दैनन्," उनको दाबी छ। रोक्काका अनुसार सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले पहिलाको अवस्थामा फर्के पनि अब एक ढिक्का भएर अघि बढ्ने अवस्था छैन। "अब एमाले एकीकृत भएर अघि बढ्ने अवस्था देखिँदैन। एकले अर्कालाई सकाउने अवस्था सिर्जना भयो भन्ने मलाई लाग्छ," उनले थपे। एक साताअघि सर्वोच्च अदालतले दुई दल मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा भएको एकीकरणलाई मान्यता दिन नसकिने आशयको फैसला सुनाएको थियो।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.