राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएकोबारे सभामुख र प्रधानमन्त्रीबीच कुराकानी
-
Agnipathmedia Editor
- today२ जेठ २०८१
काठमाडौँ — प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले यसबारेमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानीसमेत गरेका छन् । सभामुख घिमिरेले कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।