२९ मंसिर २०८२, सोमबार / 15 December 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी चयन

    • अशोक यादब अशोक यादब
    • today२७ पुष २०८०

    कैलालीको टीकापुरमा जारी उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा शुक्रबार निर्वाचन कार्यक्रम थियो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको हो।

    Ad
    Ad
    Ad

    यसअघि उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन्। यसअघि पार्टीको संरक्षक रहेका चौधरी २०७४ सालमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। टीकापुर घटनामा दोषी ठहर भएपछि २०७९ सालको चुनावमा भाग लिन पाएका थिएनन्।

    Ad
    Ad
    Ad

    राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उनी राजनीतिमा फर्किएका हुन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सहमहासचिवमा रामलाल डगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    यस्तै, सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमार चोधरी र विजयकुमार बस्नेत चयन भएका छन्। सहसचिवमा पुष्पलता रेग्मी, करिश्मा कठरिया, अहमद हुनेस मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू निर्विरोध भएका छन्।

    अब उपाध्यक्ष र महासचिवमा निर्वाचन हुनेछ। सात वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाको उम्मेदवार छन्।

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.