२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : ओली

    • रामाशंकर साह रामाशंकर साह
    • today१७ मंसिर २०८०

     काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।

    Ad
    Ad
    Ad

    झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार ओलीले दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताएका हुन् । उनले चीनले कुनै पनि विषयमा नेपाललाई सहयोग गर्ने भनिरहेको उल्लेख गरे । तर, अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनको भनाइ छ ।

    Ad
    Ad
    Ad

    “...अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ,” उनले भने, “चीनसँग डराएको होइन, अरू कोकोसँग कहाँकहाँ डराउँछ ।” उनले राजनीतिक दलले अब विकासका निम्ति राजनीति गर्नुपर्ने बताएl

    Ad
    Ad
    Ad
    Ad

    आफ्नो मुलुकको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल त्यसका निम्ति काम थाल्न उनले नेता–कार्यकर्ता निर्देशन दिएl अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुन सक्दछ, के हुनसक्छ ?

    यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ,” उनले भने, “यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ । किनभने, कुनै पनि देश अर्काले आएर बनाइदिँदैन । आफ्नो देश आफैँले बनाउने हो ।” अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनै पनि उत्पादन हुन नसकेको बताए । “आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ । हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन,” उनले भने, “हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ । बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने । नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ ।

    सोमबार, मंसिर १८, २०८० ११:३९

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.