२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ : केपि शर्मा ओलि

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२ मंसिर २०८०

    २ मंसिर, काठमाडौं // अग्निपथ मिडिया

    Ad
    Ad

           नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए ।

    Ad
    Ad

    ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’, उनले भने ।

    Ad

          नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको ओलीले बताए ।

    ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, उनले भने । देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए ।

    ‘प्रधानमन्त्रीजीले बोलाएको १२ बुँदे सहमतिसँग सम्बन्धित भनिएका दलको बैठमकमा बेथती आदि कुरा प्रधानमन्त्रीले स्वीकार्नुभयो, देशको अप्ठेरो अवस्थाबारे स्वीकार्नुभयो । तर के गर्ने भन्ने कुरामा केही भएन’, उनले भने ।

    अहिलेको अनियमितता र बेथितीको कारण गठबन्धन सरकार रहेको भन्दै उनले यहीँबाट समाधान खोज्नुपर्ने बताए । ‘यसकारण यहाँ समाधान नखोजी यसको जिम्मा कसलाई लगाउने ? हामीले ७ गते एउटा संकेत गर्न खोजेको हो’, ओलीले भने ।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.