२९ मंसिर २०८२, सोमबार / 15 December 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चीनद्वारा भूकम्पपीडितलाई ४० करोडको राहत सामग्री

    • अशोक यादब अशोक यादब
    • today२२ कार्तिक २०८०

     २२ कार्तिक , पोखरा // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

                  जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामग्री हस्तान्तरण भएको छ। बुधबार दिउँसो चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री      उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हु्न्। 

    Ad
    Ad
    Ad

                       चिनियाँ जनमुक्ति सेनाको जहाजबाट २८ करोड मूल्य बराबरको राहत सामग्री र केरुङ नाकाहुँदै १० करोड बराबरको राहत सामग्री नेपाल आएको हो।

    Ad
    Ad
    Ad
    Ad

      चिनियाँ दुई कार्गो विमानमार्फत् उक्त सामग्री पोखरा ल्याइएको हो। गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४६ सय ब्ल्यांकेट र ६ सय थान पाल चिनियाँ सहयोगस्वरुप पोखरा आएको र बुधबार हस्तान्तरण  भएको जानकारी दिए । 

    यसअघि पहिलो खेप सहयोग केरुङ नाकामार्फत् आइसकेको उनले बताए । केरुङ नाका हुँदै चिनियाँ सरकारले २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको हो। जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। ती सामग्री जाजरकोट र रुकुम पश्चिम लैजाने सरकारको तयारी छ।  

    राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए। नेपाल र चीन ऐतिहासिक मित्र देश भएको र दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

    त्यसक्रममा राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरेका थिए। नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेको उनले बताए

    नेपालगञ्ज जानुपर्ने जहाज पोखरा आएको किन? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले रुट र सहजका हिसाबले विमान पोखरा अवतरण भएको बताए। उनले भने,'पहिला पनि चिनबाट पोखरा उडान भरेको रुट र सहजताका हिसाबले विमान राहत सामग्री लिएर पोखरा आएको हो। यसमा राजनीतिक वा अन्य कारण केही छैन।'

    राहत लिएर नेपालगंज जानुपर्ने जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि कतिपयले आश्चर्य व्यक्त गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा निर्माण भएको हो।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.