२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाँच जना अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा , पर्सा मालपोत

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२० कार्तिक २०८०

    २०, कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad

           मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरूले जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ राजश्व सरकारी खातामा दाखिला                नगरी आफैँ अपचलन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    Ad
    Ad

        आर्थिक वर्ष २०७१÷०७२ मा मालपोत कार्यालय, पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व     रकम (रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोप उनीहरूमाथि छ । 

    Ad

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरि नारायण मिश्र, भूप बहादुर बोगटी, गोपाल बहादुर ढुङ्गाना, पदम प्रसाद अर्याल, चन्द्र बहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    आयोगका अनुसार मिश्रले २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिस्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफ्नै खातामा जम्मा गरेको आरोप छ । 

    उनीको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको दुई करोड नौ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व चुहावट भएको आयोगले जनाएको छ । उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता देवी प्रसाद थपलियाले बताए । 

    अर्का मालपोत अधिकृत बोगटी, ढुङ्गाना, अर्याल, भण्डारी , कम्प्युटर अधिकृत तिवारी र नायब सुब्बा उपाध्यायले पनि मिश्रको जस्तै एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र लिखतहरू दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको राजश्व हिनामिना गरेको अभियोग आयोगको छ ।

    सहायक प्रवक्ता थपलियाका अनुसार बोगटीले एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ, ढुङ्गानाले ३५ लाख ४५ हजार ९ सय ५० रुपैयाँ, अर्यालले १६ लाख ८१ हजार ६ सय रुपैयाँ, भण्डारीले दुई लाख ४४ हजार चार सय ६२ रुपैयाँ, तिवारीले एक करोड ४१ लाख एक सय ७१ रुपैयाँ र उपाध्यायले पाँच करोड ५५ लाख १९हजार ९ सय ७५ रुपैयाँ राजश्व हिनामिना गरि भ्रष्टाचार गरेको अभियोग आयोगको छ । उनीहरुविरुद्ध पनि मिश्रको जस्तै अभियोग लगाएर मुद्दा दर्ता गरिएको छ । 

    उपाध्यायको हकमा भने उनको र श्रीमतीको मृत्यु भइसकेकाले अंश खाने अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्याय देखिएको हुँदा उनीहरूबाट दामा दामासाहीले असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको जानकारी थपलियाले दिए ।

    ताजा सूचना

    • वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
    • राष्ट्रपति र सेनापतिसँग वार्ताका लागि डिस्कोर्डमा जेनजीको बैठक जारी, ३२ सय सहभागी
    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.