२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–भारत सुरक्षा बैठक वीरगञ्जमा सम्पन्न

    • रुस्तम देवान रुस्तम देवान
    • today११ कार्तिक २०८०

    १२ कार्तिक0, बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    नेपाल–भारत सुरक्षा बैठक वीरगञ्जमा शनिवार सम्पन्न भएको छ ।नेपालका पर्सा र बारा तथा भारत बिहारका पूर्वी चम्पारण र पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक वीरगञ्ज – १७ अलौंस्थित वीरगञ्ज भन्सारको आइसिपी भन्सारको सभा हलमा सम्पन्न भएको हो ।

    Ad
    Ad
    Ad

    पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकमा सीमा क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन छलफल भएको थियो । सुरक्षा बैठकले ६ बुँदे निर्णय गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।

    Ad
    Ad
    Ad
    Ad

    बैठकले अवैध निकासी, पैठारीलाई नियन्त्रण गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, मानव बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने, आपराधिक घटना हुन नदिने, सीमा क्षेत्रबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी एवम् तस्करीलाई समेत नियन्त्रणमा लिने निर्णय गरेको प्रजिअ रेग्मीले बताए ।

    बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए भने बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार रायको सहभागिता थियो । 

    त्यसै गरी पर्साका प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, बाराका प्रउ सुरेश काफ्ले, बाराका सप्रउ, राष्ट्रिय अनुसन्धान, वीरगञ्ज भन्सार, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारी, डिभिजन वन कार्यालय पर्सा, पर्सा राष्ट्रिय निकुञ्जका अधिकारी, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार राय, भारतीय प्रहरीका उच्च अधिकारी, एसएसबीका उच्च अधिकारी, रक्सौल कस्टमका अधिकारी लगायतको सहभागिता थियो ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.