१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–भारत सुरक्षा बैठक वीरगञ्जमा सम्पन्न

    • मो.सगिर अलि मो.सगिर अलि
    • today११ कार्तिक २०८०

    १२ कार्तिक0, बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    नेपाल–भारत सुरक्षा बैठक वीरगञ्जमा शनिवार सम्पन्न भएको छ ।नेपालका पर्सा र बारा तथा भारत बिहारका पूर्वी चम्पारण र पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक वीरगञ्ज – १७ अलौंस्थित वीरगञ्ज भन्सारको आइसिपी भन्सारको सभा हलमा सम्पन्न भएको हो ।

    Ad
    Ad
    Ad

    पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकमा सीमा क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन छलफल भएको थियो । सुरक्षा बैठकले ६ बुँदे निर्णय गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।

    Ad
    Ad
    Ad
    Ad

    बैठकले अवैध निकासी, पैठारीलाई नियन्त्रण गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, मानव बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने, आपराधिक घटना हुन नदिने, सीमा क्षेत्रबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी एवम् तस्करीलाई समेत नियन्त्रणमा लिने निर्णय गरेको प्रजिअ रेग्मीले बताए ।

    बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए भने बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार रायको सहभागिता थियो । 

    त्यसै गरी पर्साका प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, बाराका प्रउ सुरेश काफ्ले, बाराका सप्रउ, राष्ट्रिय अनुसन्धान, वीरगञ्ज भन्सार, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारी, डिभिजन वन कार्यालय पर्सा, पर्सा राष्ट्रिय निकुञ्जका अधिकारी, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार राय, भारतीय प्रहरीका उच्च अधिकारी, एसएसबीका उच्च अधिकारी, रक्सौल कस्टमका अधिकारी लगायतको सहभागिता थियो ।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.