काठमाडौं, ११ जेठ // Agnipath Media नक्कली भुटानी शरणार्थी अन्तर्राष्ट्रिय साँगठनिक आपराधले लियो नयाँ मोड।
भुटानी प्रकरण राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय मुद्दा बन्यो ।
यो मुद्दा प्रकरणमा पुर्व प्रधानमन्त्री के.पी. वालीका तत्कालीन सचिवले ३ करोड लिएको भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान। यश कारण ऐमाले अध्यक्ष तनावमा छन।
आर्जुको कनेक्सन मञ्जुको वयानबाट पुर्व प्रधानमन्त्री देउवापनि तनावग्रस्त भएका छन। मावोवादी केही नेतापनि अनुसन्धानको घेरामा पर्ने संभावनले वर्तमान प्रधानमन्त्री तनावमा !
यो मानव तस्कर,राज्यद्रोह र साँगठनिक अन्तर्राष्ट्रिय अपराध ठगी भएको हुदा सजाय प्रमाणित भएमा सर्वस्वसहित जन्मकैद २८ बर्ष जेल जाने कानुनी प्रावधान रहेको स्पष्ट छ।
समय सधैंव आफ्नो पक्षमा हुदैन । समय अनुसार आफुले पाएको जनताले दिएको राज्यले सम्मान गरेको पदको चरम दुरुपयोग गरेकै कारण आज देशका उच्चस्तरीय कर्मचारी पुर्व प्रधानमन्त्री समेत अनुसन्धानको घेरामा छन भने पुर्व गृहमन्त्री ,उपप्रधानमन्त्री र उच्चस्तरीय नेता र केही दलाल विचौलिया समेत संलग्नता रहेको अनुसन्धानले देखाई रहेको छ।
भुटानी शरणार्थी नेता र भुटानी शरणार्थी समायोजन कान्डमा नेता टेकनाथ रिजाले आफ्नो वयानमा सबै बेली विस्तार उजागर गरेका छन। यो भुटानी नक्कली शरणार्थी कान्ड विगत १४ बर्षदेखि पैसा कमाउ नेपाली जनतालाई भुटानी शरणार्थी वनाउ र मिलेर खाऊको नीति अन्तरगत यो प्रकरण मौलाएको हो।
यश मानव तस्करी कान्डमा कुनै पार्टीको शीर्ष नेतृत्व चाखो छैनन सबैले भागवन्डा पाएकै छन। प्रत्येक व्यक्तिबाट अमेरिका पठाउन २० देखि ५० लाख सम्म लिएका छन। यस्ता नक्कली भुटानी शरणार्थी बनाएर पठाउनमा संयुक्त राष्ट्र नेपाल स्थित शरणार्थी उच्चस्तरीय आयोग देखि नेपाल स्थित अमेरिकी राजदुतावास भिषा सेक्सनका अमेरिकी र नेपाली केही कर्मचारी समेत संलग्नता रहेको बताईन्छ।
यो राष्ट्रघाती प्रकरणमा पुर्व प्रधानमन्त्री ऐमाले अध्यक्षका तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्य समेले १ करोड बुझेको रहस्य समेत बाहिरीएको छ। ईन्द्रजित राई मार्फत तत्कालीन गृह सचिव प्रेम कुमार राईको गाडीमा १ करोड दिएको बयानमा उल्लेख गरिएको छ। तत्कालीन प्रधानमन्त्री केपी वलीका स्वकीय सल्लाहकार राजेश बज्राचार्यले १ करोड बुझेबाट अनुसन्धान दायरामा ऐमाले अध्यक्ष यश घटनामा संलग्नता छैन भनेर भन्न सक्ने संभावना देखिदैन ।
यसमा ईश्वर पोख्रेल , गोकुल बास्कोटार राम बहादुर बादल र निजका छोरा प्रतीक थापाले १ करोड र अरूले ३/३ करोड लिएको समेत विषयमा अनुसन्धान पक्ष र केही गैरसरकारी संघसंस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया ऐजेन्सीहरू अनुसन्धानमा निरन्तर जुटिरहेको जानकारी छ।
यस्तो राष्ट्रिय अक्षेम्य राष्ट्रिय अपराधमा देशका कहलिएका नेतृत्व समेत र ऐमाले अध्यक्ष वलीका केही किचेन क्याविनेटका प्रभावशाली नेताको संलग्नताले के.पी. वली अताल्लिएका हुन भने वर्तमान प्रधानमन्त्रीपनि केही मावोवादी नेताको संलग्नताले चिन्तित छन तर कठोर हुनु उनको बाध्यता भएको छ।
यश प्रकरणमा पुर्व मन्त्री सुजाता कोईरालाका स्वकिय सचिवको संलग्नताले नेतृ सुजातापनि अनुसन्धानको घेराउ बाट उम्किने अवश्था छैन। आज सम्म नक्कली भुटानी शरणार्थी हरू अमेरिकी लगायतका मुलुकमा ९१ हजार १७० जना नेपालबाट विदेशीएका छन। अमेरिकामा नक्कली भुटानी शरणार्थीलाई व्यवस्थापन समेतको चाजोपाँजो मिलाउने योजनाकार अशोक पोख्रेल भएको खुल्न आएको छ।
तीनबटै शीर्ष नेतृत्व बालकृष्ण खाँण र टोप बहादुर रायमाझीलाई बचाउ गर्न जोड गरिरहेका छन भने प्रचण्डलाई यो भालुको कम्परो भएको छ। यि योजनकारलाई विगो बमोजिम धरोटीमा छाडन महान्यायाधिवक्ताको कार्यालय ,सरकारी वकिल, प्राईभेट वकिल, दलाल र अदालत समेतमा दवाव बढाईएको छ। प्रहरीलाई दवाव छ तरपनि प्रहरीले आफ्नो अनुसन्धान राष्ट्रिय दायित्व र कर्तव्यबोधबाट चुकेको छैन।
हाल सरकारका प्रधानमन्त्री र गृहमन्त्री देशको कठोर बाटोमा उभ्भिए समीक्षा गर्न बाध्य भएका छन। देशव्यापी रूपमा अन्तर्राष्ट्रिय रूपमा यो मुद्दा पेचिलो र गहकिलो बनेको छ। यो राष्ट्रिय अपराध मात्र नभएर अन्तर्राष्ट्रिय सांगठनिक अपराधको मुद्दा बनेको छ। घटनाक्रम र वारदातका वारेमा सांगठनिक अपराध ,ठगी, राज्यद्रोह, जाली समेत कायम गरेर नेपाल प्रहरीले ४ बटा मुद्दाको रायप्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छन भने केही हाल पक्राउ परेका अभियुक्तहरूलाई म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाएको छ।
यो देशकै शिर र नेपाली जनताको ईज्जत र शिर निहुराउने वदनामपुर्ण घटना भएको हुदा देशको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागले थप सुचना संकलन गर्ने काम निरन्तर गरिरहेको छने शसस्त्र प्रहरी बल समेतले सहकार्य तर्फ निग्रानी बढाएको छ र सिमानामा थप चेकपोस्ट मार्फत सुरक्षा जाँच बढाएको छ।
यो घटनामा अमेरिकी चासो बढेको छ। अश्तिमात्र एमसीसीका प्रमुखको टोलीले देशको गृहमन्त्री नारायण काजी श्रेष्ठलाई गृहमन्त्रालयमा भेटवार्ता गरेको छ जसवाट यो नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालबाट कहीकतै अमेरिकमा अलकायदा जस्ता अतिवादी मुश्लिन संगठनका सदस्यहरू अमेरिका पुगेका त छैनन भनेर शमसेर मियाको गिरफ्तारीले नेपाल सरकार र वर्तमान गृहमन्त्री र प्रधानमन्त्रीलाई झनै बोझिलो र पेचिलो बनेको छर बिशेषगरि नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकी टोलीसंग वार्ता गृहमन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन।
देशको मात्र राष्ट्रिय दुखदायी घटनामात्र नभए र अन्तर्राष्ट्रिय घटना समेत प्रभावित भएकोमा अन्तर्राष्ट्रिय आतंकवाद र राष्ट्रिय सुरक्षमा समेत असर पार्न सक्ने संभावित राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाको इन्टलिजेन्सबाट थप सुचना "Information collection"सेना परिचालन र यश घटनाको अनुसन्धान र कानुनी कारवाहीको पक्षलाई नजिकैबाट अनुसन्धान गरिरहेको एक सैनिक उच्च अधिकारीले बताएका छन।
यो मुद्दाको अदालती फैसला पश्चात निजहरूले अवैध रूपमा कमाएको चल, अचल, बैक खाता आफन्तलाई दिएको राखेको सबै सम्पत्ति छानवीन गर्न सम्पत्ति शुद्धीकरण छानबिन आयोगलाई प्रहरीले पत्राचार समेत गरि सकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिएका छन।