५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ जेठ २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad
    Ad

    काठमाडौं ।   जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पक्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने बताएका हुन् ।

    Ad
    Ad
    Ad

    उनले प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने र आवश्यकताअनुसार मात्र उपकरण खरिद गर्न लगाउने निर्देशन पनि दिइने बताए ।

    Ad
    Ad
    Ad
    Ad

    त्यसैगरी दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यक्ताअनुसार अरु अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने निर्देशन दिएको पनि बताए । उनले भने, ‘जथाभावी रूपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको गुनासो आएको छ। अब खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरण मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्ने योजना बनाएका छौँ ।’

    सबै संघीय अस्पतालको उपकरण जाँच गर्ने बताउँदै भएका उपकरणहरूले काम गर्दागर्दै पनि अन्य खरिद गरेको गुनासो सुनिएको भन्दै त्यस सम्बन्धमा पनि छानबिन गरी कारबाही अघि बढाउने मन्त्री बस्नेतको भनाइ छ । उनले सबै संघीय अस्पतालहरूका ओपीडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने बताए । प्रादेशिक अस्पतालमा पनि सोही नियम लागू गर्न प्रादेशिक स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गर्ने उनको भनाइ छ । उनले भने, ‘बेड खाली छ वा छैन भनेर सोध्दासोध्दै नै बिरामी मर्न सक्छ । सबै संघीय अस्पतालहरूले आ-आफ्ना उपलब्ध भएको आईसीयू बेडका बारेमा राम्ररी जानकारी गराउनुपर्छ ।’

    स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिइने पनि बताए । साथै वैदेशिक भ्रमणलाई वैज्ञानिक एवं व्यवस्थित गर्न चालु आर्थिक वर्षमा विदेश भ्रमणमा गएका कर्मचारीहरूको नामावली, सहयोगी निकाय र भ्रमणबाट भएका उपलब्धि गएको देश समेतको विवरण ७ दिनभित्र अध्यावधिक गर्ने पनि उनले दाबी गरे । ‘एउटै मान्छे पनि पटक-पटक विदेश भ्रमण गएका छन् । दुर्गमकाले भने अवसर नै पाएका छैनन् । आवश्यकता नभएका भ्रमण मैले रोकेको पनि छु ,’उनले भने ।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.